असोज १४ पर्सा । पोखरीया अस्पतालको स्तरबृद्धिको माग गर्दै राष्ट्रिय मुक्ति क्रान्ति नेपालकाले आईतबार देखि धर्ना कार्यक्रम सुरु गरेको छ । राष्ट्रिय मुक्ति क्रान्ति नेपालका केन्द्रिय सदस्य निजामुदिन सम्मानिको नेतृत्वमा सुरु भएको धर्ना कार्यक्रममा पार्टीका नेता कार्यकर्ताहरुको सहभागीता रहेको छ । पर्सा जिल्लाको दोस्रो सदरमुकाम पोखरीया नगरपालिकामा बिभिन्न कार्यालय स्थापनार्थ तथा पोखरीया अस्पताललाई प्रादेशिक अस्पताल बनाउन पटक पटक ध्यानाकर्षण गराउँदा माँग पुरा न भएकोले हिजोबाट धर्ना कार्यक्रम सुरु गरिएको राष्ट्रिय मुिक्त कान्ति नेपालका केन्द्रिय सदस्य सम्मानिले बताउनु भयो । प्रदेश सरकारले ५ वर्षअघि नै निर्णय गरि प्रादेशीक अस्पताल घोषणा गरिसकेको पोखरीया अस्पतालमा त्यसअनुसारको भौतिक पूर्वाधार र सेवा उपलब्ध नभएपछि त्यसैको माग गर्दै आँफुहरुले अनिश्चितकालीन धर्ना सुरु गरेको केन्द्रिय सदस्य सम्मानीको भनाई छ । यसका साथै पोखरीयामा भूमीसुधार, मालपोत, नापीलगायतका सरकारी कार्यालयको सेवा विस्तार गर्नुपर्ने माग पनि आफुहरुको रहेको उनले बताए । साथै पोखरिया नगरपालिकाको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत लगायतका कर्मचारी र जनप्रतिनिधीहरुले गरिरहेको अनियमितता रोकिनु पर्ने माग पनि राखेर आँफुहरु धर्नामा बसेको सम्मानीले बताउनु भयो । पोखरीयालाई पर्सा जिल्लाको दोश्रो सदरमुकाम भनिएपनि यहाँ नगरपालिकाको कार्यालय बाहेक अन्य सरकारी कार्यालय एउटा पनि नभएको उनले बताए । नगरपालिकालेपनि नागरिकलाई सेवासुविधा दिनुभन्दा अनेक बहानामा करको भारी थोपर्दै आएको सम्मानिको आरोप रहेको छ । धर्ना कार्यक्रममा केन्द्रि सदस्य सम्मानी,गगनदेव कुर्मी, जहिर आलमका साथै पार्टीका नेता कार्यकर्ताहरु सहभहागीता रहेको छ ।




















प्रतिक्रिया