अभिलाष गुप्ता
पौष १६ पर्सा । वीरगन्ज महानगरपालिकाको जगरनाथपुरमा धानबालीमा लगाइएको आगलगी प्रकरणको दोषीलाई कारबाहीको माग गरिएको छ ।जनता समाजवादी पार्टी नेपाल पर्साले घटना भएको १० दिन बितिसक्दा पनि कुनै कारबाही नभएपछि आज जुलुस निकालेको छ ।जिल्ला अध्यक्ष रामनरेश यादवको नेतृत्वमा निकालिएको जिल्ला प्रशासन कार्यालय पर्सामा गएर कारबाहीको माग गर्दै ज्ञापनपत्रसमेत बुझाएको छ ।ज्ञापनपत्रमार्फत जसपा नेपालले दोषीलाई चाँडो भन्दा चाँडो कानुनी दायरामा ल्याउन माग गरेको छ ।घटनाको छानविन गरी दोषीलाई कानुनी दायराम नल्याइए आफ्नो पार्टी थप आन्दोलनका कार्यक्रमहरुसमेत गर्ने चेतावनी दिइएको जसपा नेपालका अध्यक्ष यादवले बताए ।ज्ञापनपत्र बुझ्दै पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले छिट्टै घटनाको दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाए । ‘यो घटना गम्भीर, हामी चाँडै अनुसन्धान गरेर पीडितलाई राहत दिलाउने काम गर्छौ गएको ६ गते जगरनाथपुर गाउँपालिका निवासी हरेन्द्र यादवको धानबालीमा आगो लगाइएको थियो । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको कार्यक्रम आफ्नो जग्गामा गर्न दिएको भन्दै एक पक्षले आगो लगाइदिएको पीडित पक्षहरुको आरोप छ ।यादवको साढे तीन विघाको २ सय क्वीन्टल भन्दा बढी धानबालीमा आगो लगाइएको बताइन्छ । धान लगाइएको खेतपमा कार्यक्रम गर्न दिइएको भन्दै मन्त्री प्रदीप यादवको समर्थकहरुले आगो लगाइदिएको पीडितको आरोप छ । बिरोध कार्यक्रमको केहि तस्बिरहरु


Advertisement



















प्रतिक्रिया