नागरिक २४संवादाता, पौष १७,काठमाडौं :
बुटवलमा आजदेखि मदन भण्डारी गोल्ड कप इन्डो नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप हुने भएको छ।मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा हुने प्रतियोगिताको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ।मंगलबार एकेडेमीले पत्रकार सम्मेलन गरेर प्रतियोगिताको टर्फी अनावरण गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो।प्रतियोगितामा विभागीयसहित ८ टिमबीच प्रतिस्पर्धा हुने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए।प्रतियोगितामा आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडमी, नेपाल आर्मी, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, गुजरात स्टेट भलिबल एसोसियसन, मणिमुकुन्द भलिबल क्लब, गलकोट भलिबल क्लब र रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र सहभागी हुनेछन्।प्रतियोगिताको प्रथम हुने टिमले ७ लाख, द्वितीयले ३ लाख ५० हजार, तृतीयले १ लाख ७५ हजार र सान्त्वनाले १ लाख शिल्ड मेडल र प्रमाणपत्र पाउने अध्यक्ष आचार्यले जानकारी दिए।बुटवल–१० स्थित रामनगर खेलमैदानमा हुने प्रतियोगिता ८ दिनसम्म चल्नेछ। प्रतियोगिताको लागि पहिलो चरणमा टिकट शुल्क ३०० हुने र सेमिफाइनल र फाइनलमा बढाउँदै लैजाने आयोजनाले जनाएको छ।प्रतियोगिता सम्पन्न गर्न १ करोड १० लाख ६० हजार खर्च हुने आयोजकको अनुमान छ।
Advertisement
टर्फी अनावरण गर्दै एमालेका पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरीले एकेडेमीले खेलकुद र पर्यटन क्षेत्रलाई जोड्दै अघि बढेको बताए।यसले दक्ष खेलाडी उत्पादन गर्नुका साथै लुम्बिनी क्षेत्रलाई खेलकुदको क्षेत्रमा अघि बढाउन सघाएको बताए।विक्रम संवत् २०६६ सालमा स्थापना भएको एकेडेमी दक्ष र व्यावसायिक खेलाडी उत्पादनमा जुटेको एकेडेमीले समय(समयमा विभिन्न प्रतियोगिता गर्दै आएको बताए ।प्रतियोगितामा यस क्षेत्रका सांसद तथा अर्थमन्त्री विष्णु पौडेल पनि सहभागी हुनेछन् ।



















प्रतिक्रिया