जनमत पार्टी पर्सा द्वारा बिरगंजमा पनि मनाइयो राष्ट्रिय धोती दिवस

 

अभिलाष गुप्ता
पौष १७ बिरगंज

Advertisement

 

आज जनमत पार्टी पर्साको आयोजनामा बिरगंज स्थित घण्टाघर चौकमा कार्यक्रमको आयोजना गरिएको थियोे। उक्त कार्यक्रममा सहभागीहरूले धोती र कुर्ता पहिरिएर मधेसी समुदायको सांस्कृतिक धरोहरलाई उजागर गरेका थिए ।अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा मधेसको सांस्कृतिक पहिचान झल्किने परम्परागत पहिरनको संरक्षण र प्रवर्द्धन गर्न धोती दिवस मनाइएको छ ।

Advertisement

कार्यक्रममा धोती र कुर्ता पहिरिएर नारा लगाउदै घन्टाघर बाट माईस्थान पुगि परिक्रमा गरि फेरि घन्टाघरमा पुगि कार्यक्रम सम्पन्न भएको थियो।

जनमत पार्टी पर्साका संयोजक ओमप्रकाश सर्राफले धोती दिवसको उद्देश्य नेपालका विविध समुदायका परम्परागत पोसाकलाई सम्मान गर्दै बहु सांस्कृतिक राष्ट्रको पहिचान बलियो बनाउने बताएका थिए।कार्यक्रममा सहभागीहरूले धोतीसहित अन्य परम्परागत पहिरनहरूलाई पनि राष्ट्रिय मान्यता दिनुपर्ने माग पनि राखेका थिए ।

Advertisement

जनमत पार्टी पर्साका नेतृ रम्भा मिश्राका अनुसार
नेपाल बहुभाषिक र बहु सांस्कृतिक देश भए पनि एउटा समुदायको मात्र पहिरनलाई राष्ट्रिय पोसाकका रूपमा चित्रण गर्दै आएको परिपाटी तोड्न यस्ता कार्यक्रमहरू आवश्यक छन् ।
जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फको नेतृत्वमा गएको टोलीमा राजनीतिक समितिका सदस्य सिपु तिवारी ,केन्द्रिय सदस्यहरु बिध्यालाल प्रसाद, महिला नेतृ रम्भा मिश्रा,अनिता रौनियार ,श्याम गुप्ता, नजमा खातुन , राजेश चौरसिया,महानगर अध्यक्ष महादेव शर्मा,नेताहरू बृजेस्वर चौधरी ,अमरनाथ सिह राठौर,छोटेलाल प्रसाद, अन्जना गुप्ता, केदार पटेल मनोज साह,संजय सिह, उदय यादव ,लोकेश कर्ण , सन्जय वर्मा,सिकिन्द्र राम,कौशल यादव , कृष्ण कुशवाहा, पवन गुप्ता एवं पार्टीका अन्य सदस्यहरु लगायतकाहरुको उल्लेखनीय रुपमा सहभागीता रहेको थियो ।

जनमत पार्टीले धोती दिवसलाई देशव्यापी रूपमा मनाउने योजना बनाएको छ । धोती दिवसको उद्देश्य बहु सांस्कृतिक र बहुपहिचानयुक्त नेपालमा हरेक समुदायको परम्परागत पहिरनलाई राष्ट्रिय पोसाकका रूपमा स्वीकृति दिलाउनु पनि रहेको पार्टीको धारणा छ ।

नेपालजस्तो सांस्कृतिक विविधता सम्पन्न देशमा सबै समुदायको पहिरनलाई सम्मान गर्नुपर्ने माग राख्दै सहभागीहरूले धोती दिवसले अभियानलाई गति दिने विश्वास व्यक्त गरेका थिए ।

सो कार्यक्रममा उत्साह पुर्वक कार्यकर्ताहरुले सहभागिता जनाएका थिए।