बिरगंज बाट भन्सार छली गरी ल्याएका लाखौं बराबरका लत्ताकपडाहरु बरामद

 

अभिलाष गुप्ता
पौष १७ बिरगंज

Advertisement

बिरगंजको कुम्हालटोल बाट अवैध रुपमा भन्सार छली गरी ल्याएका लाखौं बराबरका लत्ताकपडाहरु बरामद गरिएको छ ।
विशेष सुराकीका आधारमा आज बुधबारका दिन सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंज एवम् बिरगंज भन्सार कार्यालयको संयुक्त टोलीले बिरगंज महानगरपालिका वडा नम्बर ७ स्थित कुम्हालटोलको एक घरमा भारतबाट राजश्व छली चोरी पैठारी तथा अवैध रुपमा नेपाल भित्र्याई लुकाई छुपाई घरमा ल्याई भण्डारण गरी राखिएको अवस्थामा करीब ८ लाख २८ हजार बराबरको विभिन्न लत्ता कपडाहरू बरामद गरिएको छ ।

उक्त बरामद गरिएको समान आवश्यक अनुसन्धान तथा कारबाहीको लागि बिरगंज भन्सार कार्यालयमा पठाइएको । सशस्त्र प्रहरी नायब उपरीक्षक डि.एस.पी.लोकेन्द्र सुबाले जानकारी गराएका थिए । डि.एस.पी.सुबाले सशस्त्र प्रहरीको सक्रियताको कारणले भन्सार छली गरेर भित्र्याइएका सामान दिनँहुजसो नियन्त्रणमा लिँदै आएको जानकारी दिएका थिए।

Advertisement