भोजपुरी प्रतिष्ठान वीरगन्जद्वारा धोती दिवस बारे अन्तरक्रिया

 

अभिलाष गुप्ता
पौष १७ वीरगंज

Advertisement

 

वीरगंज । आफ्नो भाषा,संस्कृती पहिचान जोगाउन पहिला आफु पनि संस्कारी बन्न जरुरी रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् ।

Advertisement

वीरगंज महानगरपालिकाद्वारा स्थापित भोजपुरी प्रतिष्ठान वीरगंजले आज सिद्धार्थ मा.वि मा आयोजना गरेको राष्ट्रिय पोशाक अन्तर्गत धोती दिवसको छलफल कार्यक्रमको अवसरमा सरोकारवालाहरुले यस्तो बताएका हुन् ।

विधालयका कक्षा ९ र १० का विधार्थीहरु सहभागि कार्यक्रममा कार्यक्रमका प्रमुख अथिती सिद्धार्थ मा.वि का प्राध्यानाध्यापक विनोद मेहताले आफ्नो कवि र गायन मार्फत आफ्नो भाषा , संस्कृतीको जगेर्ना गर्नुपर्नेमा जोड दिए ।
उनले भने , हामी एउटै समाजमा विभिन्न किसिमका भाषा,संस्कृती , रहन सहन भएकाहरु बसोबास गर्ने सामाजिक प्राणी हौँ । एकले अर्काको भाषा , संस्कृतीप्रती सद्भाव राख्नुपर्छ र हाम्रो पुर्खाहरुले हामीलाई अमानतको रुपमा दिएको आफ्नो संस्कृती पनि विर्सिनुहुँदैन ।

Advertisement

उनले थप्दै भने नयाँ जमानाको बाहानामा आफ्नो भाषा , संस्कृती र पहिचानलाई लत्याउँदै अगाडी बढ्न खोजे समाजमा पछि हामी र हाम्रो पहिचान पनि गौण भएर जाने र विलिन भएर जान्छ । भोजपुरी भाषा हाम्रो गौरव हो ।स्थान,समय तथा अवस्था अनुसार अरु भाषा सिक्नुपर्ने हाम्रो जरुरत र बाध्यता हो भने भोजपुरी भाषा हाम्रो गौव हो । र धोती लगाउनु हाम्रो लागि शानको कुरा हो ।

त्यस्तै भोजपुरी प्रतिष्ठानका सल्लाहकार एव् वरिष्ठ साहित्यकार प्रमोद पाण्डेले सबै भाषा सिक्नुपर्ने तर सिकाईको बाहानामा आफ्नै मातृभाषा भोजपुरी बोल्न लजाउन नपर्नेमा जोड दिए ।

उनले भने , म आफै पनि अग्रेजी भाषामा हाल देशको ६० प्रतीशत भागमा आफुले लेखेको तयार पारेको अँग्रेजी ब्याकरणको पुस्तक विधालय विधालयमा पुगेको तथा सिद्धार्थ मा.विमा आफु पनि २० वर्ष शिक्षक भएर जिम्मेवारी निर्वाह गरेको र यही विधालयमा पनि मैले लेखेकै अँग्रेजी ब्याकरण पुस्तक अध्ययन गराईने कुरा मेरो लागि गर्वको कुरा हो तर त्यो भन्दैमा मैले मेरो मातृभाषा र धोती दिवस अर्थात धोती लगाउन विर्सेको छैन ।

उनले आज राष्ट्रिय पोशाक दिवसमा टोपि र धोती दिवसको आफ आफ्नै महत्व रहेकोले सबैले आ आफ्नो संस्कृती अनुसार आजको दिनलाई स्मरण गर्नुपर्ने बताए ।

त्यसैगरी कार्यक्रममा प्रतीष्ठानका कार्यकारीणी सदस्य आमोद गुप्ताले आफ्नो कविता र गायन मार्फत धोती दिवसमा धोती पहिरनको महत्वबारे चर्चा गरेका थिए । र साथै धोती लगाउने तरीकाबारे पनि विधार्थीहरुलाई प्रत्यक्ष रुपमा एक विधार्थीलाई लगाएर पनि देखाए र सिकाएका थिए ।

त्यस्तै कार्यक्रमको अध्यक्ष एव् प्रतीष्ठानकी अध्यक्ष तथा कन्या स्कुलकी प्राध्यानाध्यापिका अनिता साहले पनि आफ्नो गजल र कविता मार्फत आजको दिवसलाई स्मरण गराएकी थिईन् ।
उनले विधार्थीहरु माझ आफ्नो भाषा , संस्कृतीबारे केही विचार राख्न पाउँदा आफु हर्षित भएको बताउँदै आगामी दिनमा यसलाई निरन्तरता दिने पनि बताईन् ।

कार्यक्रममा विधालयका प्र.अ विनोद मेहताले कविता मार्फत भोजपुरी भाषा , सस्कृती ,रहनसहन तथा पहिचानबारे उजागर गरेका थिए । कार्यक्रममा विधालयका शिक्षकहरु , प्रतीष्ठानका सदस्यहरु ,विधार्थीहरु लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको संचालन माधुरी महतो र सहजीकरण श्याम सरार्फले गरेका थिए ।