अभिलाष गुप्ता
पौष १७ बिरगंज
Advertisement
नया बर्षको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। बिरगंज न्युरो एण्ड जेनरल हस्पिटल रिसर्च सेन्टर प्रा.ली. द्वारा नया बर्षको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो सो कार्यक्रम बिरगंज महानगरपालिका वडा नम्बर ११ श्रीपुर स्थित बिरगंज न्युरो एण्ड जेनरल हस्पिटल रिसर्च सेन्टरमा सम्पन्न भएको थियो।
कार्यक्रममा हस्पिटलका संचालक तथा नेपाल कै उत्कृष्ट न्युरो सर्जन डा. श्याम बाबू पटेलको अध्यक्षतामा सम्पन्न भएको हो। सो कार्यक्रममा लायन्स क्लब बिरगंजका लायन बासु तिमल्सिना,लायन श्याम गुप्ता,लायन नरोतम पाण्डे,संगीता प्याकुरेल लगाएतका लायन्स क्लब बिरगंजका अरु पनि सदस्यहरुको विशेष उपस्थिति रहेको थियोे भने अन्य संस्थाका जनप्रतिनिधिहरु,समाजसेवी,बुद्धिजीवीहरुको पनि उपस्थिति रहेको थियोे।
Advertisement
डा.श्याम बाबू पटेलका भनाई अनुसार नववर्ष को उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रमको मुख्य उदेश्य समाजमा एक आपसमा भाईचारा कायम रहोस हाम्रो सबै मित्र दाजुभाई तथा दिदी बहिनीहरुमा सुस्वास्थय, दिर्ग जीवन,एवम् उतरोत्तर प्रगतिको कामना समेत गरेका थिए। यो २०२५ सालमा हामी सबै शान्तिमय् र भय रहित जीवन जीउन सकौ भनेका थिए।
उनका अनुसार हस्पिटलको लागि हाम्रो नया नव निर्मित भवन बन्दै छ चाडैनै भवनको काम सम्पन्न हुनेछ त्यो भवनको लागि
आधुनिक युगका नया नया मेसिनहरु द्वारा राम्रो उपचार हुने नया ब्यवस्थापन राखेका छौ बिरामीहरु लाई चाहिने सम्पुर्ण सुबिधाहरु एकै ठाउमा दिने बताएका थिए।




















प्रतिक्रिया