श्री शिवशक्ति कोटी होम महायज्ञ बारे गाउँपालिका स्तरीय सल्लाह सुझाव संकलन

 

अभिलाष गुप्ता
पौष १८ बिरगंज

Advertisement

आज बिहिवारका दिन नेशनल मेडिकलको छेउमा बिश्रमपुर वडा नम्बर ५ स्थित ईटियाहीमा श्री शिवशक्ति कोटी होम महायज्ञ बारे गाउपालिका स्तरीय सल्लाह सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रमकामा मुख्य अतिथिमा मेयर जुल्फकार अलि भुट्टो (जुबेर भाइ )को आतिथ्यमा एवम शिव शंकर प्रसादको अध्यक्षतामा सम्पन्न भएको थियो।

अतिथिमा गाउँपालिका प्रत्यासी मदन यादव,धर्म देव यादवको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो। उक्त कार्यक्रममा महायज्ञ मुल समितिका अध्यक्ष शिव शंकर प्रसाद यादव,उपाध्यक्ष डाेमाई साह र राजा बाबू गुप्ता सोनार,कपिल देव साह सोनार,कोषाध्यक्ष भोला साह सोनार एवम् प्रचार प्रसार समितिका संयोजक राज सर्राफ तथा वडा अध्यक्षहरु सन्तोष पटेल,मनोज यादव,अमिरिलाल प्रसाद गुप्ताको पनि उपस्थिति रहेको थियो।

Advertisement

यस श्री शिवशक्ति कोटी होम महायज्ञ बारे गाउपालिका स्तरीय सल्लाह सुझाव संकलनमा वडा अध्यक्षहरुको भनाई अनुसार
मधेश प्रदेशमै यस्तो ठुलो महायज्ञ हुने भएकोले यस्को अनुमानित लागत १ करोड ३० लाख लागने भएकोले यस पुनित कार्यमा हामी सबैजना मिलेर कार्य गर्नु पर्ने छ।

श्री श्री १००८ श्री महाशिवरात्री महामहोत्सव महायज्ञ २०८१ श्री शिवशक्ति कोटी होम महायज्ञ, गाउँपालिका प्रत्यासी,अध्यक्षहरु,मेयर एवम् जनमानिस बाट के सुझाव आयो भने सबै वडा अध्यक्षहरु बाट सहयोग लिने, जनप्रतिनिधीहरु,आम जन मानिसहरु द्वारा सहकार्य गरि अघि बढे भने मात्र यो जग सफल हुने छ।

Advertisement

यो महायज्ञमा सानो ठुलो गरि १ हजार ११ पिस मुर्तिहरु बनाईन छन भने यो महायज्ञ सुरु माघ २३ गते मंगलबार देखि बिधिवत रुपले संचालित हुने छ।यो महायज्ञ १ महिना चल्ने छ यस महायज्ञमा बच्चाहरुकोलाई विभिन्न मनोरञ्जनका जस्तै टावर झुला,मौतका कुवा, सर्कस,नाव झुला, डैनसिग झुला इत्यादि मनोरञ्जनका ब्यवस्थापन गरिएको छ भने बृन्दावन बाट आई यहाँ महायज्ञ स्थलमा राम लिला ,रास लिला आदि कार्यक्रमहरु पनि गराईने आयोजकले बताएका थिए

यस महायज्ञमा धेरै भन्दा धेरै भक्तजनहरु सहभागी भई सहयोग गरौं र पुन्य को भागी बनौं भनेर आ-आफ्नो तर्फ बाट सक्दो सहयोग गर्न आग्रह समेर गरेका थिए। उक्त कार्यक्रममा गाउँका बुद्धिजीवी,नागरिक समाज,अगुवा कार्यकर्ता एवम् पदाधिकारीहरु तथा सन्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो।आजको उक्त कार्यक्रम सन्चालन दिपेन्द्र सर्राफले गरेका थिए।