अभिलाष गुप्ता
पौष १९ बिरगंज
Advertisement
बिरगंजमा लगातार ३ दिन देखि चिसो हावा एवम् अत्याधिक हुस्सु र कुहिरोका कारण मधेसको जनजीवन प्रभावित भएको छ।
आज शुक्रबारको दिन बिहान देखि पर्साको वीरगन्जमा लागेको बाक्लो कुहिरो केही दिनदेखि लगातारको चिसो हावा एवम् हुस्सु र कुहिरोका कारण पर्साका लगायत मधेस प्रदेशको अधिकांश ठाउँहरूमा अधिक चिसो बढ्नुको साथै जनजीवन प्रभावित बनेको छ।
यता कुहिरो एवं बढेकाे जाडाेले गर्दा बिरगंज महानगरपालिकाले बिरगंजका विभिन्न स्थानमा दाउरा बाडेको छ। बिरगंजको नारायणी अस्पताल ,नया बसपार्क एरिया चाैक,घण्टाघर चाैक, माईस्थान चाैक, मुर्लि चाैक,पावरहाउस चाैक,मालपोत चाैक,श्रीराम हल चाैक,महावीर मंदिर चाैक र अमर चाैक समेतका ठाउहरूमा दाउरा दिई आगो बाली गाउँ गाउबाट आउने जाने सर्वसाधारण एवं बटुवाहरू र बिरामीका कुरूवाहरू समेतमा बालेकाे आगोले राहत पुगेको देखिएको छ।उक्त कार्यले बिरगंज महानगरपालिकाको सराहनीय कार्यले जनमानिसमा राम्रो प्रभाव परेको छ।



















प्रतिक्रिया