मन्त्री यादव द्वारा बाराको कलैयामा नयॉं खानेपानी पाईपलाइनको शिलान्यास

 

अभिलाष गुप्ता
पौष १९ बिरगंज

Advertisement

आज कलैया उपमहानगरपालिकाअन्तर्गत मानमत-कलैया-मटिअर्वा सडक खण्डमा त्रिचन्द्र स्कुलदेखि भतौडा पोखरीसम्म ३.४ किलोमिटर लम्बाइको नयाँ खानेपानी पाइपलाइन विस्तार परियोजनाको शिलान्यास गर्दै मन्त्री यादवले योजना छिट्टै कार्यान्वयनमा ल्याइने बताए ।

उनले आगामी आर्थिक वर्षमा घाम र पानीका कारण क्षतिग्रस्त भएका पानीका ट्याङ्कीहरूको मर्मत तथा नयाँ संरचना निर्माणका लागि बजेट विनियोजन गरिने जानकारी दिए । बारा जिल्लाका सबै नागरिकलाई शुद्ध पानी उपलब्ध गराउन प्रतिबद्ध छु मन्त्री यादवले भने ।

Advertisement

खानेपानी मन्त्री प्रदीप यादवले बारा जिल्लाका हरेक घरमा शुद्ध खानेपानी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मन्त्री यादवले जलवायु परिवर्तन, चुरे दोहन र जङ्गल फडानीका कारण तराईका भूमिगत पानी स्रोत सुक्दै गएको र यसले गम्भीर समस्या निम्त्याउन सक्ने चेतावनी दिए ।

सिस्वा गाउँ र आसपासका क्षेत्रका लागि १४ करोड रुपैयाँ बजेटमा नयाँ खानेपानी आयोजना सञ्चालन गरिने उनले बताए । आयोजनाको लागि आगामी महिना टेन्डर आह्वान गरिने पनि उनले जानकारी दिए । मन्त्री यादवले आफूले खानेपानी मन्त्रालय अन्तर्गतका आयोजनाहरूलाई प्रभावकारी ढंगले सञ्चालन गरी सबै नागरिकलाई शुद्ध पानी उपलब्ध गराउने लक्ष्य रहेको प्रस्ट गरे ।

Advertisement

कार्यक्रममा संविधान सभा सदस्य प्रमोद गुप्ता, पूर्व प्रदेश सभा सदस्य पारस साह, कलैया उपमहानगरपालिकाका प्रमुख विनोद साह, जिल्ला समन्वय समितिका सभापति नरेन्द्र साह, नेपाल खानेपानी संस्थानका इन्जिनियर निरण महर्जन, र प्रहरी उपरीक्षक महेन्द्र खड्कालगायतको उपस्थिति रहेको थियो ।