अभिलाष गुप्ता
पौष १९ बिरगंज
Advertisement
आज बिरगंज महानगरपालिका बिर्ता स्थित श्री त्रिजुद्ध महाबीर प्रसाद रघुबीर राम माध्यमिक विधालयको ८७ औं वार्षिकोत्सब कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम त्रिजुद्ध महाबीर प्रसाद रघुबीर राम विधालयको प्रांगणमा भएको थियो विधालयको ८७ औं वार्षिकोत्सब
को उपलक्ष्यमा आयोजना भएको कार्यक्रमका प्रमुख अतिथि बिरगंज महानगरपालिकाको नगर प्रमुख मेयर राजेशमान सिंहको आतिथ्यमा सम्पन्न भएको छ।
उक्त कार्यक्रममा विशिष्ट अतिथी बीरगंज महानगरपालिकाको प्रमुख प्रशास्किय अधिकृत अरविंदलाल कर्ण , वडा नं. ३ को वडा अध्यक्ष बैजुलाल स्वर्णकार , प्रधानध्यापक नवीन मिश्रा ,राजेन्द्र कोइराला,महेश दास लगायतकाहरुको उपस्थितिमा एवम् बीरगंज महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष जगतसाह कानु को अध्यक्षतामा सम्पन्न भएको थियो।
Advertisement
उक्त कार्यक्रम प्रमुख अतिथी बिरगंजका महानगरपालिकाको नगर प्रमुख मेयर राजेशमान सिंहले दिप प्रज्वलन गरी
विद्यालयको ८७ औं वार्षिकोत्सबको शुभ उद्घाटन गरेका थिए।
वार्षिकोत्सब समारोहमा सिंहले यस बिधालयले शिक्षा क्षेत्रमा धेरै उत्कृष्ट योगदान गरेको चर्चा गर्नुभएको थियो ।बिधालयले आधुनिकता संगै विद्यार्थीहरुलाई विभिन्न क्षेत्रमा राम्रो गरिरहेको बताए ।
Advertisement
आफुलाई बिधालयको गतिविधि देखेर धेरै खुशी लागेको र आगामी दिनहरुमा थप यो भन्दा राम्रो अगाडि बढेको देख्न पाउ भनेर शुभकामना दिनुभएको थियो । उनले भने बालबालिकाहरुको नृत्य तथा विभिन्न जातजातिको संस्कार र संस्कृति र उत्कृष्ट शिक्षा प्रदान गरेकोमा उहाँले बधाई समेत दिनुभएको हो ।उहाँले आफुले गर्नुपर्ने एवम् बिरगंज महानगर बाट सहयोग जहिले पनि सधैं जारी रहने प्रतिबद्धता समेत जनाउनु भएको छ।
उक्त कार्यक्रममा विभिन्न सामुदायिक विधालयका प्रधानाध्यापकहरु,शिक्षक शिक्षिकाहरु,अभिभावक वर्गहरु,विद्यार्थीहरुको एवम् संचारकर्मीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।




















प्रतिक्रिया