नेपाल रेडक्रस सोसाइटी महुवन उपशाखाको २६ औं अधिवेशन सम्पन्न

 

अभिलाष गुप्ता
पौष २० बिरगंज

Advertisement

 

नेपाल रेडक्रस सोसाइटी महुवन उपशाखाको २६ औं अधिवेशन सम्पन्न गरेको छ। उक्त कार्यक्रममा प्रमुख अतिथि
नेपाल रेडक्रस सोसाइटी बिरगंज शाखाका सभापति बिरेन्द्र राज कंडेलको आतिथ्यमा सम्पन्न भएको हो भने बिशिस्ट अतिथिमा भगवती चौधरी ,शिवनाथ यादव,नेपाल रेडक्रस सोसाइटी बिरगंज शाखाका प्रमुख बिरसम्सेर कुर्मी लगायतकाको उपस्थिति रहेको हो भने उक्त कार्यक्रम उपशाखाको सभापति जादू साह को सभापतित्वमा सम्पन्न भएको हो।

Advertisement

नेपाल रेडक्रस सोसाइटी महुवन उपशाखाको २६ औं अधिवेशन बाट सभापतिमा जदु साह,उपसभापतिमा कविता साह,सचीव मनोज राम,कोषाध्यक्ष राकेश कुमार ,स-सचिव सदस्यहरु सरोज गिरी,रामबालक राम,मुकेश साह ,शिव साह तेलि,सदस्य निवर्तमान सभापति गणेश महरा लगाएतकाहरु नयाँ कार्यसमिति गठन गरि कार्यसमितिमा निर्बिरोध चयन भएको छ। उक्त अधिवेशनमा उपशाखाका आजिवन सदस्यहरु,पदाधिकारीहरुको उल्लेखनीय उपस्थितिमा कार्यक्रम समपन्न भएको छ ।

सो कार्यक्रममा प्रमुख अतिथि बिरेन्द्र राज कंडेलका अनुसार उनले भने रेडक्रसले विशुद्धरूपमा मानवसेवामा काम गर्दै आएको बताए । विपद्‌को बेलामा रेडक्रसले विभिन्न किसिमका विशेष सहयोग गर्दै आईरहेको बताए। रेडक्रस एक मानवीय सेवा गर्ने संस्था हो।

Advertisement