नरेश यादव,असोज १५ गते पर्सा । दुई दिनको अबिर बर्षाले देश भरी नै हरेक ठाउँमा जन धनको क्षति पुर्याउँएको छ । यसै बर्षाले पर्सा जिल्लाको सदरमुकाम बिरगंज संग जोडिने दक्षिणी भेगको लाइफ लाइनको रुपमा रहेको पोखरीया बिरगंज सडक खण्ड अन्तर्गत रहेको तिलावे पुल नजिकैको बाटो कालो पत्रे फाटेको छ भने बाटो किनारको माटो बगेको छ । यसलाई छिटो भन्दा छिटो मर्मत सम्भार कार्य गरीएन भने यहा ठुलो दुर्घटना हुनुको साथै यो बाटो बन्द हुन सक्छ । यस्तो समस्या नहोस भने प्रमुख जिल्ला अधिकारी दिनेश भुसाल अधिकारीलाई नेविसङ्घ अध्यक्ष रमेशकुमार यादब र काङ्ग्रेस का नेता राकेश यादब ले ध्यानाकर्षण गराउनुको साथै छिटो भन्दा छिटो मर्मत कार्य सुचारु गर्न आग्रह समेत गरेका छन । यस सम्बन्ध मा जिल्ला अधिकारी भुषालले तुरुन्तै सम्बन्धित निकाय लाई काम गर्न निर्देशन दिनको बताए ।




















प्रतिक्रिया