सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलद्धारा सरसफाई कार्यक्रम सम्पन्न

अभिलाष कुमार गुप्ता १६ असोज । सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलको आयोजनामा वीरगञ्ज १६ स्थित बाइपासको माता वैष्णो देवी मन्दिरमा सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोल द्वारा सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा समाजसेबी सकलदेव सिंह, चन्द्र सेखर श्रीवास्तवलगायतकाको उपस्थिति रहेको सचिज श्रवण बहादुर रायमाझीले जानकारी दिनु भयो ।


सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलका पदाधिकारी सावित्री भुमियार, ज्ञानमाया रायमाझी, सुशील कुमार बर्णवाल, प्रकाश कुमार गुप्तालगाएतकाको पनि सहभागीता रहेको बताईउको छ । सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलका प्रहरी सहायक हवल्दार कुमार बि.क, प्रहरी जवान दिलिप कुमार कोइरी एवं वैष्णो देवी चौक प्रहरी बिटका प्र। स। नी। उपेन्द्र यादव, प्रहरी जवान अनिल यादव सामुदायिक प्रहरी सेवा कुम्हालटोलका पदाधिकारी तथा आजिवन सदस्य लगाएतकाहरुको उपस्थितिमा कार्यक्रम भएको सामुदायिक प्रहरी सेवा कुम्हालटोलका सचिव श्रवण बहादुर रायमाझीले बताउनु भयो ।

Advertisement