प्रेस सेन्टरका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण समारोह सम्पन्न

 

अभिलाष गुप्ता
पौष २१ वीरगञ्ज

Advertisement

प्रेस सेन्टर नेपाल पर्साको नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको पदस्थापन तथा प्रमाणपत्र वितरण समारोह सम्पन्न भएको छ । वीरगन्जको क्लासिक वंक्वेटमा आईतबार बिहान नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको पदस्थापना तथा प्रमाणपत्र वितरण सम्पन्न भएको हो ।

प्रेस सेन्टर नेपाल पर्साका निवर्तमान अध्यक्ष दीपक गौतमको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष शिवनाथ यादव, उपाध्यक्ष कृष्णमोहन साह र समिना रञ्जितकार, सचिव अजित कुमार भूजेल, सहसचिव विदुर गौतम र रञ्जित यादव, कोषाध्यक्ष सञ्जित गुप्तालाई पदस्थापन गरि प्रमाणपत्र वितरण गरिएको छ ।

Advertisement

त्यस्तै सदस्यहरु रितेन्द्र झा, दिपेन्द्र प्रसाद, माधव तिमिल्सिना, प्रणय साह, बलिराम यादव, आनन्द साह, मेघराज राय थारु, संतोष कुश्वाह, विशाल पटेल, संजोग गिरी लगायतलाई पनि पदस्थापन सहित प्रमाणपत्र वितरण गरिएको छ ।

त्यस्तै प्रदेश परिषद प्रतिनिधिमा निर्वाचित भरत साह सोनार, रञ्जित पाण्डे, लालबाबु बानियाँ, सब्दर हुसैनलाई पनि प्रमाणपत्र वितरण गरिएको छ ।

Advertisement

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेश इञ्चार्ज गोविन्द देवकोटा, नेपाल पत्रकार महासंघ मधेस प्रदेश अध्यक्ष श्याम बञ्जारा, पर्सा अध्यक्ष ओमप्रकाश खनाल लगायतले गाम्छा र अविर लगाई प्रमाणपत्र वितरण गरेका थिए ।