बिरगंजमा राष्ट्रिय मानवाधिकार तथा सामाजिक न्याय मञ्चको प्रथम जिल्ला भेला गठन ११ सदस्य चयन

 

अभिलाष गुप्ता
पौष २१ बिरगंज

Advertisement

आज बिरगंजमा राष्ट्रिय मानवाधिकार तथा सामाजिक न्याय मञ्चको प्रथम जिल्ला भेला गठन ११ सदस्य चयन गरिएको हो।
राष्ट्रिय मानवाधिकार तथा सामाजिक न्याय मञ्चको प्रथम जिल्ला स्तरीय भेला आइतवार बिरगंजमा सम्पन्न भएको छ।
नेकपा एमाले पर्साका अध्यक्ष डा. विश्म्भर कुमार शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा नेकपा एमाले पर्साका सचिव महेश दास, राष्ट्रिय मानवाधिकार तथा सामाजिक न्याय मञ्चका केन्द्रीय सदस्य कृष्ण लामा, र प्रदेश सदस्य अनिल तिवारीको उपस्थिति रहयो।

भेलाले शुष्मा शर्माको संयोजकत्वमा ११ सदस्य पर्सा जिल्ला तदर्थ समिति गठन गरेको छ। समितिका अन्य पदाधिकारीहरूमा उपाध्यक्ष सन्तोष खनाल रहेका छन् भने सदस्यहरूमा कृष्ण यादव, मुकेश यादव, ग्यासु मिया देवान, नितेश कुमार कर्ण, अनिल साह रौनियार, ललन पटेल, अनिल यादव, र विजय प्रताप सिंह चयन भएका छन्।
राष्ट्रिय मानवाधिकार तथा सामाजिक न्याय मञ्च नेकपा एमालेको जनसंगठनको रूपमा सक्रिय रहेको छ भनी सोको जान्कारी सन्चारकर्मी तुल्सी भण्डारीले गराएक थिए

Advertisement