२ लाखभन्दा धेरै बालबालिका विद्यालयभन्दा बाहिर

 

काठमाडौँ । नेपालमा २ लाख ६० हजार बालबालिका विद्यालयको पहुँच बाहिर रहेको पाइएको छ ।

Advertisement

राष्ट्रिय जनगणना २०७८ अनुसार विद्यालय उमेर समूहका ८६ लाख ४२ हजार बालबालिकामध्ये ३ प्रतिशत बालबालिका विद्यालयको पहुँच बाहिर रहेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

उनीहरू औपचारिक शिक्षा लिनबाट बञ्चित भएका छन् । जसमा मधेश प्रदेशका सबैभन्दा धेरै र त्यसपछि कर्णाली प्रदेशका बालबालिका विद्यालयको पहुँच बाहिर छन् ।

Advertisement

सरकारको दिगो विकास लक्ष्यअनुसार अबको ५ वर्षमा सबै बालबालिका विद्यालय शिक्षाको पहुँचमा पुर्‍याउनुपर्नेछ ।

तर लक्ष्यअनुसार शिक्षाको पहँुच विस्तारका लागि चुनौती रहेको शिक्षा मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी नीलकण्ठ ढकालले सीआईएनसँग बताउनुभयो ।

Advertisement

शिक्षा तथा मानव स्रोत विकास केन्द्रकाअनुसार शैक्षिक सत्र २०८० मा कक्षा ५ मा विद्यार्थी टिकाउ दर ८८ दशमलव ४ प्रतिशत रहेको छ भने कक्षा ८ मा ८६ दशमलव २ प्रतिशत रहेको छ ।