प्याब्सन पर्साको १६ औं जिल्ला अधिवेशन बाट अध्यक्षमा सरोज चौधरी निर्वाचित

अभिलाष गुप्ता
पौष २१ बिरगंज

Advertisement

 

निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन (प्याब्सन) पर्साको अध्यक्षमा सरोज चौधरी निर्वाचित भएका छन् ।
साउथजोन माध्यमिक बिधालयका डाइरेक्टर एवम् प्रिन्सिपल सरोज प्रसाद चौधरी १६ औं जिल्ला अधिवेशन बाट अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो।

Advertisement

निजी बिधालयको छातासंगठन प्याब्सन पर्साकाे १६ औं जिल्ला अधिवेशनको उदघाटन समारोहमा प्रमुख अतिथिमा केन्द्रीय महासचिव आरवी कटुवालको आतिथ्यमा सम्पन्न भएको हो।आइतबार सम्पन्न प्याब्सन पर्साको १६ औँ अधिवेशनबाट साउथ जोन माध्यमिक विद्यालयका प्रधानाध्यापक चौधरी अध्यक्षमा निर्वाचित भएका हुन् ।

वरिष्ठ उपाध्यक्षमा श्रीमती सुशिला साह, उपाध्यक्षमा श्री विरेन्द्र प्रसाद यादव, सचिवमा ,अशोक संग्रौला, कोषाध्यक्षमा श्री प्रविन चौधरी, सह कोषाध्यक्षमा श्री सुदिल पटेल, सदस्यहरुमा श्रीमती मन्जु रानाभाट, श्रीमती अर्चना कुमारी र श्री आभास क्षेत्रीलाई मनोनित गरिएको छ ।

Advertisement

उक्त अधिवेशनमा जम्मा ४८ मतमध्ये चौधरीले २६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जीवन ज्योति स्कुलका प्रधानाध्यापक शिवप्रसाद गुप्ताले २२ मत प्राप्त गरे । चार मतको सानो अन्तरले चौधरीले प्याब्सन पर्साको नेतृत्व गर्ने अवसर पाएका छन् । चौधरी यसअघि वरिष्ठ उपाध्यक्ष थिए भने गुप्ता उपाध्यक्ष थिए ।

प्रमुख निर्वाचन अधिकृत एवम् प्याब्सनका केन्द्रीय सदस्य छेडूप लामाको नेतृत्वमा निर्वाचन सम्पन्न भएको थियो भने विशिष्ट अतिथिमा शुशिला साह, प्रकाश उपाध्याय,राकेश मिश्रा,श्याम केसी लगाएतकाहरुको विशेष उपस्थिति रहेको थियो।उक्त अधिबेशनमा विभिन्न स्कुलका शिक्षक शिक्षिकाहरुको उपस्थितिमा सम्पन्न भएको छ।