बिरगंजमा कुकुरहरुका लागि मसिहा बने बिरगंजका महिला समाजसेवीहरु

 

अभिलाष गुप्ता
पौष २२ बिरगंज

Advertisement

बिरगंजमा बिगत केही दिन देखि शीतलहरसंगै चिसाे अत्याधिक बढेपछि बिरगंज महानगरपालिका वडा नम्बर १० का विभिन्न स्थानमा ६ थान डर्म काटेर निर्माण गरिएको कुकुरको लागि घरको व्यवस्था मिलाइएको छ।

सो कार्यक्रम बिरगंजका महिला समाजसेवी कंचन बाहेतीको अध्यक्षतामा महिला समुह एवम् बिरगंज महानगरपालिका वडा नम्बर १० अध्यक्ष सुशील शाह कानुको सहकार्यमा भएको हो। उक्त कार्यक्रममा रश्मि अग्रबाल, गुन्जन अग्रवाल,
प्रकाश बहेती ,राजु रुङटा, बबि पोद्दार एवम् वडा नम्बर १० का सचिव पवन प्रधान,वडा सदस्य सन्तोष जैसी चौलागाईं एवं घडिअर्वा स्पोर्ट्स क्लब बिरगंज अध्यक्ष सन्तोष साह तथा

Advertisement

बिरगंज महानगरपालिका वडा नम्बर १० का सहयोगमा सम्पन्न भएको छ। आज पुरानो बस पार्क एरियामा २ थान,गिता मन्दिर अगाडि २ थान एवं जैन भवन रोडमा २ थानको ब्यवस्थापन गरिएको हो।

महिला समाजसेवी कंचन बाहेतीका अनुसार मान्छेले मात्र आफ्नो बारेमा मात्रै सोच छन इ छाडा कुकुरहरुको लागि कसैले कुनै वास्ता गर्दैन। बिरगंजमा अत्याधिक चिसाे र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि त्यसैलाई मध्यनजर गरि आफ्नै वडा बाट यो शुभ कार्यको शुरुआत गरिएको हो।आज ६ थान ब्यवस्थापन गरिएको छ । हाम्रो १० नम्बर वडामा ६० थान ब्यवस्थापन गरिने बताएका थिए।

Advertisement

उनका अनुसार १० नम्बर वडा पछी बिरगंजका सम्पुर्ण वडामा
ब्यवस्थापन गर्ने लक्ष्य रहेको बताए।कुकुरहरु लाई राहत प्रदान गर्ने उद्देश्यले बिरगंज वडाका बढी भन्दा बढी स्थानमा व्यवस्था गर्ने बताए।