एक विपन्न परिवारलाई जनमत पार्टीका युवा नेता बृजेश्वर प्रसाद चौघरी द्वारा नगद एवं कपडा सहयोग।

 

अभिलाष गुप्ता
पौष २२ बिरगंज

Advertisement

जनमत पार्टी का युवा नेता बृजेश्वर प्रसाद चौघरीले पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ स्थित मसिहानी गाउँमा महिनौ देखी बिरामीबाट अस्वस्थय रहदै आएकी एक अति विपन्न महिलालाइ थोरै भए पनि उपचार मा केही सहज होस भन्ने उदेश्यका साथ जनमत पार्टी का यूवा नेता बृजेश्वर प्रसाद चौघरीले आफ्नो तर्फ बाट ५ हजार रुपैया सहयोग गरेका छन।

साथै महिलाको स- साना नानिबाबुहरुको लागी सुइटर टोपी गरी ३ थान गर्म कपड़ा पनि उपलब्घ गराउनु भएको छ। साथ साथै बिरामी महिलाको लागी भगवान संग चाडो भन्दा चाडै स्वस्थ होस भन्ने कामना समेत गरेका छन। सोको जानकारी युवा अभियान्ता कन्हैया पटेलले गराएका थिए।

Advertisement