लाखौंको कपडा, स्पेयर पाट्स, ड्राइफुड्स, जुत्ता,चामल बिर्ता प्रहरीद्वारा बरामद

अभिलाष गुप्ता
पौष २३ बिरगंज

Advertisement

बिरगंज महानगरपालिका वडा प्रहरी कार्यालय बिर्ता पर्साले भन्सार छली एवं चोरी पैठारी गरि ल्याईएको लाखौं रुपैयाँ बराबरको भारतीय चामल बरामद गरेको छ।

वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक ईन्सपेक्टर निरोज चौलागाईंको नेतृत्वमा खटिएको टोलीले
वीरगंज महानगरपालिका मिनाबजार स्थित आलु गोदाममा भण्डारण गरिएको अवस्थामा ७५ बोरा विभिन्न ब्रान्डका भारतीय चामल बरामद गरेको हो।

Advertisement

मिना बजारस्थित आलु गोदाममा अवैध रुपमा भण्डारण गरिएको अवस्थामा विभिन्न ब्राण्डका ७५ बोरा भारतीय चामल बरामद गरिएको प्रहरी निरीक्षक चौलागाईले जानकारी दिए । बरामद चामलको बजार मूल्य २ लाख रुपैयाँ भन्दा बढी रहेको उनले बताए । बरामद चामल वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको उनले जानकारी दिए ।

यसका साथै वीरगन्जका विभिन्न स्थानमा भारतबाट तस्करी गरि ल्याइएका कपडा, स्पेयर पाट्र्स, ड्राइफुड्स, जुत्ता गरी ३५ लाख भन्दा बढी मूल्यको अरुसामान पनि बरामद गरी मंगलबार वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक चौलागाईले जानकारी दिए ।

Advertisement