लायन्स क्लब अफ वीरगन्ज सेन्ट्रल सिटि र लायन्स क्लब प्रभुको सन्युक्त आयोजनामा कार्यक्रम

 

अभिलाष गुप्ता
२३ पौष वीरगन्ज

Advertisement

लायन्स क्लब अफ वीरगन्ज सेन्ट्रल सिटि र लायन्स क्लब प्रभुको सन्युक्त आयोजनामा वीरगन्जको २ स्थानमा कार्यक्रम सम्पन्न गरेको छ।

मेलविन जोनको १४६औँ जन्मोत्सवको अवसर पारेर १ हप्ता सम्म विभिन्न कार्यक्रमको आयोजनागरी मनाउने क्रम मा आज वीरगन्जको श्रीपुर स्थित आशा किरण केन्द्रमा लायन्स क्लब अफ वीरगन्ज सेन्ट्रल सिटि र लायन्स क्लब प्रभुको सन्युक्त आयोजनामा त्यहा रहेका सुस्त मनस्थित रहेका विद्यार्थी एवम् बालबालिकाहरुको लागि चाहिने आवश्यक खाद्यान्न समाग्री एवं औषधिहरु आशा किरण केन्द्रका महासचिव राजन श्रीवास्तवको उपस्थितिमा दिईएको थियोे।

Advertisement

उक्त कार्यक्रम उक्त कार्यक्रमका प्रमुख अतिथी भाईस डिस्टिक गभर्नर लायन राम बिहारी पाण्डेको आतिथ्य एवं सन्जिता प्याकुरेलको उपस्थिति तथा उक्त कार्यक्रमका संयोजक कविता खडकाको अध्यक्षतामा सम्पन्न भएको थियो।

सो कार्यक्रममा लायन्स क्लब अफ वीरगन्ज सेन्ट्रल सिटिका उपाध्यक्ष सुशिला साह ,डा.लक्ष्मी थापा,सचिव देवन्ती साह,कोषाध्यक्ष कविता खडका ,सदस्यहरु सुगन्धी कुश्वाहा लगाएतकाहरुको उपस्थिति रहेको थियोे।

Advertisement

यता सेल्फ मेकअफ टेर्निगमा लायन्स क्लब अफ वीरगन्ज सेन्ट्रल सिटिका सचिव देवन्ती साहको अध्यक्षतामा आज देखि
सेल्फ मेकअफ टेर्निग सुरु गरिएको हो। आज पहिलो दिन ११ जना महिलाहरुले सो टेर्निग लिएका थिए उक्त टेर्निग १३ गते सम्म चल्ने लायन्स क्लब अफ वीरगन्ज सेन्ट्रल सिटिका उपाध्यक्ष सुशिला साहले जानकारी गराएकी थिईन।