नरेश यादव, १६ असोज, पर्सा । रक्तदान जीवनदान,जिवनदान महादान नाराको साथ पर्सा गढि नगरपालिका वडा नं ३ को प्राङ्गणमा बिरुवा गुठी युथ क्लब पर्सा गढि ३ को आयोजना तथा पर्सा गढि नगरपालिकाको प्रायोजक र नेपाल रेडक्रस सोसाइटी पर्साको सहयोगमा क्लबका अध्यक्ष राजन थापाको अध्यक्षता प्रथम खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा नगरप्रमुख गोकर्ण पाठक,वडाध्यक्ष सुकमान तामाङ्गलगायतका सहभागीता रहेको थियो।
रक्तदान कार्यक्रम दुई महिला सहित एकसठि जना पुरुषले रक्तदान गरेका थिए । रक्तदान गर्नहरु समाजसेवी बालकृष्ण श्रेष्ठ, क्लबका पदाधिकारी, कबिराज अर्याल, समि तमाङ, बरिष्ठ सल्लाहकार योगेन्द्र कार्की, रबिलाल सुबेदी लगायतकाले रक्तदान गरेको रेडक्रस सोसाइटी पर्साका प्राबिधिक मनिषा गुप्ताले जनकारी दिए।




















प्रतिक्रिया