अभिलाष गुप्ता
पौष २३ बिरगंज
Advertisement
लायन्स क्लबका संस्थापक मेल्भिन जोन्सको १४६ औं जन्म उत्सवको उपलक्ष्यमा आज लायन्स क्लब अफ बीरगंज आदर्शनगर द्वारा आमाको माया छात्रावासमा खेलकुद तथा स्टेशनरी समाग्री बितरण कार्यक्रम सम्पन्न गरेको हो।
Advertisement
उक्त कार्यक्रमका प्रमुख अतिथी दोस्रो डिस्ट्रीक गभर्नर लायन राम बिहारी पाण्डेको आतिथ्य एवं लायन्स क्लब अफ बीरगंज आदर्शनगरका अध्यक्ष बिमल जैनको अध्यक्षतामा सम्पन्न भएको छ। विशिष्ट अतिथिमा समाजसेवी प्रकाश उपाध्याय,लायन उमेश साह कानु एवम् सदस्यहरु प्रदीप डालमिया एवम् लायन्स क्लब अफ बीरगंज आदर्शनगरका अन्य पदाधिकारीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ।
सो कार्यक्रममा आश्रमका बालबालिकाहरुको लागि कोपि,पेन,पेन्सिल एवं फुटबल आमाको माया छात्रावासको कोषाध्यक्ष गणेश खेतान लाई दिई बितरण गरिएको थियो।
उक्त कार्यक्रममा आमाको माया छात्रावासका पदाधिकारी एवं कर्मचारी तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियोे।




















प्रतिक्रिया