अभिलाष गुप्ता
पौष २९ वीरगञ्ज ।
लायन्स क्लब अफ सेन्ट्रलसिटी र प्रभुहरूको संयुक्त पहलमा वीरगज महानगरपालिका वडा नम्बर १३ स्थित चादनी ब्युटीपार्लरमा २० जना महिला तथा छात्राहरुलाई सेल्फ मेकअफ तालिमको आज ७ दिनमा समापन भएको छ। मेलविन जोनको १४६औं जन्मोत्सवको अवसर पारेर आयोजित यस कार्यक्रममा वीरगंज वडा नम्बर१३ मा रहेका महिला तथा छात्राको लागि ७ दिने सेल्फ मेकअफ तालिमको समापन गर्दै डा. लक्ष्मी थापाको सभापतित्वमा सम्पन्न भएको हो। उक्त कार्यक्रमका प्रमुख अतिथी भाईस डिस्टिक गभर्नर लायन राम बिहारी पाण्डेको आतिथ्यमा एवम् लायन्स क्लब अफ वीरगन्ज सेन्ट्रल सिटिका उपाध्यक्ष सुशिला साह ,सचिव देवन्ती साह,कोषाध्यक्ष कविता खडका ,प्रभुका अध्यक्ष लायन दिगम्बर गुप्ता ,लायन नरोतम पाण्डे,गुडि जोशी लगाएतकाहरुको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो। सो कार्यक्रममा बोल्दै लायन्स क्लब अफ वीरगन्ज सेन्ट्रल सिटिका उपाध्यक्ष सुशिला साहले महिलाहरु आत्मनिर्भर हुन अत्तिनै आवश्यक रहेको बताईन । सो तालिमबाट आफनो लागि आफै मेकअफ गर्न सक्ने हुनुहुन्छ भने हामीले विश्वास लिएको छौ, कुनै काम पनि सानो ठूलो हुदैन यदि हातमा सिप भयो भनी महिलाले आफुलाई स्वभिमान र आत्मनिर्भर हुन सक्ने भन्दै शुभकामना समेत ब्यक्त गरिन् ।
Advertisement
सो कार्यक्रममा लायन्स क्लब अफ सेन्ट्रलसिटीका सचिव देवन्ती साहको भनाई अनुसार सिप र दक्षताले नै महिलाहरु आत्म निर्भर बन्न सकिन्छन बताएका थिए । कार्यक्रमको संचालन लायन्स क्लब अफ सेन्ट्रलसिटीका सचिव देवन्ती साहले गरेकी थिइन । लायन्स क्लब अफ सेन्ट्रलसिटी र लायन्स क्लब अफ प्रभुको सहकार्यमा लायन देवन्ती साहको विशेष सहयोगमा सो कार्यक्रम संचालन भएको थियोे। सेल्फ मेकअफ तालिम लिएका सम्पुर्ण प्रशिक्षार्थीहरु लाई टीका लगाई स-सम्मान गरि प्रमाणपत्र समेत दिईएको थियो। उक्त कार्यक्रम २० जना प्रशिक्षार्थीहरुले सेल्फ मेकअफ तालिम लिएका थिए।



















प्रतिक्रिया