२ माघ, वीरगञ्ज । पर्साको पटेर्वासुगौलीमा मंगलबार राति ९ बजे भएको मोटरसाईकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । उक्त दुर्घटना अर्का एक युवक गम्भीर घाईते भएका छन । मृत्यु हुनेमा सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर २ जमुनियाका २३ वर्षीय सुदर्शन चौधरी रहेका छन् । पटेर्वा सुगौलीमा ह्युमपाइप राख्न खनिएको खाल्डोमा मोटरसाईकल खसेको हो । पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ४ कर्बोला चोकको सडकमा ह्युम पाइप राख्नका लागि खनिएको खाल्डोमा मंगलबार राति पथरैयाबाट पचगावा जाने क्रममा ना २८ प ३८१९ नम्बरको एफजेड मोटरसाईकल खस्दा मोटरसाइकल पछाडि बसेका दिपेन्द्र चौधरी गम्भीर घाइते भएका स्थानिय संचारकमीृ रामकिशोर चौधरी थारुले जानएका छन । उनिहरु माघिको कोसेली लिएर आफन्तको घर जादै थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाईकल चालक जमुनियाकै २४ वर्षीय दिपेन्द्र चौधरीको एलएस न्युरो अस्पतालमै उपचार भइरहेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले जानकारी दिएको छ ।घटना बारेमा अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनु भयो ।



















प्रतिक्रिया