अभिलाष गुप्ता
माघ ०३ बिरगंज
Advertisement
बिरगंज तालुक नेपाल प्रहरी प्रदेश कार्यालय बिरगंज (हाल-जनकपुरधाम, धनुषा) का कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेन्द्र बहादुर गुरुङ्गको नेतृत्वमा रहेको कमाण्डमा खटी आउनु भएको CAP ( Crime action plan) अनुगमन टोलीले बिहीबार पर्सा वडा प्रहरी कार्यालय बिर्ता बिरगंजको कार्यालयको भवन,अपराध अनुसन्धान तथा कारवाही शाखा, हिरासत कक्ष, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र, उजुरी तथा छानबिन शाखा, शाखा र नागरिक सहायता कक्षको समेत निरीक्षण गरेका थिए। साथै अनुगमन गर्नु भई यस कार्यालयमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई अमुल्य नितिनिर्देशन समेत दिनुभएको थियोे।
निरीक्षण क्रममा प्रहरी वरिष्ठ उपरीक्षक गुरुङ्गले सुधार गर्नु पर्ने पक्षहरुलाई औँल्याएर अनुसन्धानका प्रक्रियाहरु, विभागीय नीति निर्देशनहरूको कार्यान्वयनको अवस्था र CAP निर्देशनको लक्ष्य तथा उद्देश्य अनुरुप त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिएका छन्।
Advertisement
प्रहरी वरिष्ठ उपरीक्षक गुरुङ्गले यस कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई सेवाग्राहीहरुको लागि नि:स्वार्थ र पारदर्शी तवरबाट प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिएका छन्। वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईंका अनुसार यो निरीक्षण र निर्देशनले प्रहरी सेवा प्रणालीलाई अझ पारदर्शी र प्रभावकारी बनाउन मद्दत पुर्याउने अपेक्षा गरिएको छ।वडा प्रहरी कार्यालय बिर्ताले यस निरीक्षणका दौरान प्राप्त निर्देशहरुको पालन गर्दै सेवाग्राहीलाई उत्कृष्ट सेवा प्रदान गर्ने दिशा तय गरेको छ।




















प्रतिक्रिया