कन्हैया पटेल,माघ ०४ ।
वीरगञ्ज स्कुल अफ लका विद्यार्थीहरुले पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन । वीरगञ्जको मुख्य सडकमा खुल्ला रुपमा छाडा चौपायाले दुर्घटनाको जोखिम रहेको भन्दै ज्ञापन पत्र बुझाएको हो । वीरगञ्जको घण्टाघर, माईस्थान, गहवा, श्रीपुर, पावर हाउस तथा नगरको अन्य गल्लीहरुमा खुल्लारुपमा चौपायाहरु हिड्डुल गरी रहेको भेटिएकोले ट्राफिक जाम हुने, जनावरको आक्रमण हुने तथा चोटपटक लागेर घाईते हुने संभावना बढि रहेकोले ध्यानाकषर्णका लागि ज्ञापन पत्र बुझाईएको हो । ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आफनो तर्फबाट सोको नियन्त्रणको प्रयास गर्ने पहल गर्ने बताउनु भयो । नियन्त्रणको भुमिका तथा जिम्मेवारी स्थानिय सरकारको बढि भएकोले एक ज्ञापन पत्र वीरगञ्जको नगर प्रमुखलाई पनि बुझाउन सुझाव दिनु भयो ।सो ज्ञापन पत्र बुझाउन स्कूल ऑफ ल मा कानून स्नातक (BA .LLB) तह मा अध्ययनरत नवीन राउत कुर्मी,मुकेश सह तेली,शीतल गुप्ता, अम्बिका कर्ण,रसीद अंसारी,अमृता शाह लगायतको सहभागिता रहेको थियो।



















प्रतिक्रिया