६ किलो अबैध लागू औषध गाँजा सहित १ जना मानिस पक्राउ

 

अभिलाष गुप्ता
माघ ०८ बिरगंज

Advertisement

आज इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर ९ मगरटोल स्थित सडकमा शंकास्पद रुपले हिडिरहेका मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर ९ मगरटोल बस्ने बर्ष ५४ को दुर्गा बहादुर मोक्तानलाई प्रहरी द्वारा खानतलासी गर्दा निजले बोकेको झोला भित्र लुकाई छिपाई गरी ल्याईएको अवस्थामा अबैध लागु औषध गाँजा ६ किलो एवम् १ थान मोबाइल फेला परेको हो।

उक्त लागु औषध गाँजा सहित निज दुर्गा बहादुर मोक्तानलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौडाबाट ७ दिनको म्याद थप अनुमती लिई अनुसन्धान कार्य भई रहेको प्रहरी द्वारा जानकारी गराईएको छ।

Advertisement