अभिलाष गुप्ता
माघ ०८ बिरगंज
Advertisement
आज २४ औं सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी बल, नेपालको शीघ्र प्रभाव आयोजना अन्तर्गत पर्सा जिल्लाको बिरगंज महानगरपालिका वडा नं. १६ स्थित सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्मको मुख्य गेट अगाडि शुद्ध पिउने पानीको व्यवस्थाका लागि वाटर कूलर र शीतलताको लागि प्रतिक्षालय निर्माण सम्पन्न भएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्सा र रुङ्गटा वेलफेयर सोसाइटी वीरगञ्जको संयुक्त सहयोगमा रु. ५,००,००० पाँच लाख को लागतमा निर्माण गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथी बिरगंज नेपाल नं. १३ गण हेक्वाटए पर्साको गणपति सशस्त्र प्रहरीउपरीक्षक राधेश्याम धिमालले रिबन काटि यो सुविधाको उद्घाटन गर्नु भएको हो।
Advertisement
कार्यक्रममा स्थानीय बासिन्दाहरू, सीमा क्षेत्रका नागरिकहरू, सशस्त्र प्रहरीका अधिकारीहरू तथा रुङ्गटा वेलफेयर सोसाइटीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। शुद्ध पिउने पानीको सहज पहुँच र प्रतिक्षालयको सुविधा उपलब्ध गराइएपछि स्थानीय बासिन्दाहरूले यसको सराहना गरेका छन्।
यो आयोजना सशस्त्र प्रहरी बल र स्थानीय समुदायबीचको सहकार्य र सामुदायिक सेवामा प्रहरी बलको प्रतिबद्धताको उदाहरण कार्य हो।




















प्रतिक्रिया