अभिलाष गुप्ता
माघ ०८ बिरगंज
Advertisement
सशस्त्र प्रहरी बल नेपालले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक एसपी कुमोद ढुङ्गेललाई विशेष सम्मान प्रदान गरेको छ।सशस्त्र प्रहरी दिवस २०८१ का अवसरमा आयोजित विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक आइजिपी राजु अर्यालले एसपी ढुङ्गेललाई सम्मान गरेका हुन् ।
एसपी ढुङ्गेलले पर्सा जिल्लामा तस्करी नियन्त्रण, राजस्व सङ्कलनमा उल्लेखनीय भूमिका खेलेको भन्दै सशस्त्र प्रहरी बलले उनको योगदानको कदर गरेको हो । पर्सा जस्तो संवेदनशील सीमा क्षेत्रका चुनौतीहरूलाई कुशलतापूर्वक व्यवस्थापन गर्दै राजस्व वृद्धिमा पुर्याएको योगदानका लागि उनलाई यो सम्मान प्रदान गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।समारोहमा आइजिपी अर्यालले एसपी ढुङ्गेलको कामको प्रशंसा गर्दै यसले अन्य सुरक्षाकर्मीहरूलाई पनि उत्कृष्ट कार्य गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।
Advertisement
सशस्त्र प्रहरी दिवसका अवसरमा देशभरका विभिन्न सुरक्षा निकायका उत्कृष्ट कर्मचारीहरूलाई सम्मान गर्ने क्रममा एसपी ढुङ्गेललाई पनि विशेष रूपमा कदर गरिएको हो ।
एसपी कुमोद ढुङ्गेलले पर्सा जिल्लामा सुरक्षाको क्षेत्रमा पुर्याएको योगदान र प्रभावकारी कामको सम्मानले सुरक्षा निकायको योगदानको महत्वलाई झल्काएको छ ।




















प्रतिक्रिया