अभिलाष गुप्ता
Advertisement
माघ ०८ बिरगंज
अज मङ्गलवार धरान उप-महानगरपालिकाका मेयर हर्क साम्पाङसँगको छलफलका क्रममा मन्त्री यादवले मन्त्रालयले समस्या समाधानका लागि पहल गरिरहेको र दीर्घकालीन समाधान सुनिश्चित गर्ने बताए ।
Advertisement
छलफलमा मन्त्री यादवले भने जग्गा प्राप्तिको जिम्मा धरान उप-महानगरपालिकाले लिनुपर्छ । योजना छनोट भइसकेको छ, हामी यसलाई दीर्घकालीन रूपमा समाधान गर्नेछौँ ।मन्त्री यादवले एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा एकीकृत खानेपानी आयोजनाअन्तर्गत यस वर्षभित्र टेन्डर आह्वान गर्ने र आवश्यक प्रक्रिया अघि बढाइसकेको जानकारी दिए । उनले मेयर साम्पाङलाई आश्वस्त पार्दै भने, “मेयर सा’ब, धराने नागरिकको समस्या समाधानका लागि यहाँबाटै खुसीसाथ फर्किनुस् । टेन्डर आह्वान गरिएको पत्र लिएर म चाँडै धरान आउँछु भने।
धरानको खानेपानी समस्या ठूलो र स्थानीय बजेटले मात्र धान्न नसक्ने बताएका मेयर साम्पाङले उप-महानगरपालिकाले सक्ने योजना अघि बढाइसकेको र सङ्घीय सरकारको सहयोग आवश्यक रहेको धारणा राखे ।




















प्रतिक्रिया