सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालय बारा पथलैयाको आयोजनामा रक्तदान कार्यक्रम

 

अभिलाष गुप्ता
माघ ०९ बिरगंज

Advertisement

२४ औँ सशस्त्र प्रहरी दिवस २०८१ को अवसरमा देश भरी विभिन्न कार्यक्रम गरी मनाईएको छ भने आज माघ ९ गते बुधबारको दिन सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालय बारा पथलैयाको आयोजनामा सम्पन्न भएको हो। उक्त रक्तदान कार्यक्रममा प्रमुख अतिथी सशस्त्र प्रहरी बल नेपाल प्राविधिक शिक्षालयका सशस्त्र प्रहरी उपरीक्षक इञ्जिनियर सञ्जय कुमार मण्डलको प्रमुख आतित्थ्यमा सम्पन्न भएको छ।

सो आयोजित रक्तदान कार्यक्रममा १ महिला सहित ५९ जनाले आफ्नो अमुल्य रक्तदान गरेका छन। सो रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी बिरगंज रेश्मकोठी उपशाखाका युवा सन्योजक अभिलाष गुप्ताले जानकारी गराएका थिए।

Advertisement

सशस्त्र प्रहरी बल नेपाल, प्राविधिक तालिम शिक्षालय बारा पथलैयाले बुधबार आयोजना गरेको कार्यक्रममा एक महिला सहित ५९ जनाले रक्तदान गरेका छन् । २४ औं सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजना गरिएको रक्तदानमा १ महिला सहित ५९ जनाले रक्तदान गरेको हो ।

प्राविधिक शिक्षालयका सशस्त्र प्रहरी उपरीक्षक इञ्जिनियर सञ्जय कुमार मण्डलले रगत दान गरेर शुभारम्भ गरेका थिए । कार्यक्रममा प्रकाश पाण्डे, सरोज ढकाल, सीमा गुरुङ, मदन राना, राम बहादुर राई, अनिल विक, अनुज प्रसाद चौरसिया, सविन राई, पशुपति विक लगायत ५९ जनाले रक्तदान गरेका हुन ।

Advertisement

नेपाल रक्तसंचार केन्द्र वीरगंजमा दिन प्रति दिन रगतको अभाव देखिएका कारण रगतको आपुर्तीलाई मध्यनजर गर्दै सो रक्तदान कार्यक्रमको आयोजना गरिएको हो।
सो रक्तदान कार्यक्रम रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डे, जितेन्द्र कुशवाहाको प्राविधिक सहयोगले सम्पन्न भएको थियोे ।