अन्तर्राष्ट्रीय सीमा दशगज्जा क्षेत्रमा अवस्थित सीमा स्तम्भको रंगरोगन एवम् नम्बरिंग तथा मर्मत कार्य

 

अभिलाष गुप्ता
माघ ०९ बिरगंज

Advertisement

आज नेपाल भारत अन्तर्राष्ट्रीय सीमा दशगज्जा क्षेत्रमा अवस्थित सीमा स्तम्भको रंगरोगन एवम् नम्बरिंग तथा मर्मत कार्य सुरु गरिएको हो। सशस्त्र प्रहरी दिवसको अवसरमा
नेपालतर्फ पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नम्बर १६ ईनरुवा र भारततर्फ पूर्वी चम्पारणको पन्टोका ग्राम पञ्चायत वडा नम्बर ४ सुन्दरपुरमा रहेको सीमा स्तम्भ नम्बर ३९१-६ को रंगरोगन तथा नम्बरिंग कार्य सुरु गरिएको हो।

उक्त कार्यक्रममा प्रमुख अतिथी जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको आतिथ्यमा सुरु गरिएको थियोे भने उक्त कार्यमा सशस्त्र प्रहरी बल,नेपाल नं. १३ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, वडा प्रहरी कार्यक्रम बिर्ताका प्रहरी प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईं ,राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक दिलिप कुमार सिंह, नापी विभागका प्रतिनिधि कपिल कटुवाल, जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी नायब उपरीक्षक सुवास भट्ट लगायत सशस्त्र प्रहरी बल गुल्म, पर्साका गुल्मपति स.प्र.ना.उ. लोकेन्द्र सुब्बा लगाएतका विशिष्टहरुको सहभागिता रहेको थियो।

Advertisement

सशस्त्र प्रहरी बल , नेपाल र भारतीय सशस्त्र सीमा बल एसएसबी ले संयुक्त रुपमा सीमा स्तम्भको मर्मत सम्भार तथा रंगरोगन सुरु गरिएको हो । मधेश प्रदेशका पर्सा, बारा, सर्लाही र सिराहा जिल्लाका सीमा स्तम्भहरूको सशस्त्र प्रहरी बल , नेपाल , नापी विभागका प्रतिनिधि कपिल कटुवाल एवं एसएसबीका प्रतिनिधिको उपस्थितिमा मर्मत तथा रंगरोगन कार्य बीरगंजबाट उदघाटन गरिएको छ ।

भारततर्फबाट ४७ बटालिएन हेडक्वाटर्स पन्टोका ई कम्पनीका ए.सी. उत्तम कुमार घोष सहितको टोलीको समेत सहभागिता रहेको यस कार्यक्रममा सानो सीमा स्तम्भको रंगरोगन कार्य विधिवत रुपमा आज सुरु गरिएको छ।

Advertisement