अभिलाष गुप्ता
माघ ९ बिरगंज
Advertisement
जनमत पार्टी पर्साको लोककल्याणकारी अभियान अन्तर्गत ७ औं निशुल्क आँखा शिविर सम्पन्न भएको छ । बिरगंज महानगरपालिका वडा नम्बर ३ छपकैयामा आँखा शिविर सम्पन्न भएको हो ।उक्त शिविरमा १ सय १२ जनाको आँखाको चेकजाँच गरिएको छ । जसमध्ये २७ जनामा मोतियाबिन्दुको समस्या फेला परेको जनमत पार्टीका पर्सा अध्यक्ष ओमप्रकाश सर्राफले बताए ।
उनका अनुसार मोतियाबिन्दु देखिएकाहरुको वीरगन्ज सामुदायिक आँखा अस्पतालमा निशुल्क शल्यक्रिया गरिनेछ । शिविरमा वीरगन्ज सामुदायिक आँखा अस्पतालका डा. महेश सिंह धामी लगायतको टोलीले आँखाको चेकजाँच गरेका थिए ।
पार्टीले जिल्लाका आम नागरिक,सर्वसाधारणलाई मध्यनजगर गर्दै आँखा चेकजाँचको अभियान सुरु गरिएको बताए । ग्रामिण इलाकाका नागरिकहरु स्वास्थ्य सेवाको पहुँचमा आउनबाट वञ्चित हुने तथा उनीहरुमा सूचनाको अभाव समेत रहने भएकाले अभियान नै चलाएर चेकजाँच र शल्यक्रिया सुरु गरिएको अध्यक्ष सरार्फले जनाए ।
आजको कार्यक्रमको समन्वय ,सहजीकरण स्थानीय युवा सन्तोष वर्णवाल लगायतकाले गरेका थिए नेता रम्भा मिश्रले संयोजन गरेकी थिईन। कार्यक्रममा वडा इकाई अध्यक्ष पुनम कर्ण , नेताहरू राजनराण मिश्र, संजय सिह, संजय सरार्फ,लोकेश कर्ण,सागर यादव ,मुना पण्डित ,अनु कर्ण लगायतको सक्रिय सहभागीता रहेको थियो । जनमत पार्टी पर्साको लोककल्याणकारी अभियान अन्तर्गत अहिले सम्म सहर देखि गाउँ सम्म ८०० जना लाभान्वित भएका छन् भने २ सय जनाको निशुल्क मोतियाबिन्द लगायतको शल्यक्रिया सफलता पुर्वक सम्पन्न भएको छ।



















प्रतिक्रिया