साहिब दरबार बिरगंज एवं महानगरपालिका द्वारा विपन्न वर्गलाई कम्बल वितरण कार्यक्रम सम्पन्न

 

अभिलाष गुप्ता
माघ ०९ बिरगंज

Advertisement

साहिब दरबार बिरगंज नेपाल एवं बिरगंज महानगरपालिकाको समन्वयमा आज बुधबार पनि विभिन्न वडाका गरिब, एकल महिला, र ज्येष्ठ नागरिकलाई लक्षित गरी कम्बल वितरण गरेको छ। जाडो मौसममा चिसोबाट प्रभावित विपन्न समुदायलाई सहयोग पुर्‍याउने उद्देश्यले महानगरपालिकाले यसपालि पनि कम्बल वितरण कार्यक्रमलाई निरन्तरता दिएको हो।

साहिब दरबार बिरगंजका अध्यक्ष उमेशलाल सहनीका अनुसार, बिरगंज वडा नम्बर १९ बिन्दवासिनी र बरवा गाउँमा १७६ जनालाई तथा बिरगंज वडा नम्बर १६ नगवामा २ सय जनालाई कम्बल वितरण गरिएको छ। यसरी कुल ३७६ जनाले न्यानो कम्बल बितरण गरिएको हो।

Advertisement

कम्बल वितरण कार्यक्रममा साहिब दरबार बिरगंजकी अभिभावक अन्नपूर्णा मानन्धर, संगिता दास, सुरज गुप्ता, बरकतुन नेशा, हफिज मियाँ, बिरगंज वडा नम्बर १९ का वडा सदस्य उपेन्द्र यादव र विनोद चौरसिया, बिरगंज वडा नम्बर १६ का वडा सदस्य लवंगी देवीलगायतको उपस्थिति थियो।

साहिब दरबार बिरगंजकी अभिभावक एवम् समाजसेवी अन्नपूर्णा मानन्धरकि अनुसार जाडो मौसम लाई मध्यनजर गर्दै चिसोबाट प्रभावित विपन्न समुदायलाई राहत होस चिसोबाट जोगियोस भन्ने उदेश्यका साथ यो सहयोग गरिएको हो। आउने दिनमा पनि हामी बाट जे जति सहयोग हुन्छ गर्ने छु भनी प्रतिबद्धता गरेकी थिईन।

Advertisement