अबैध भरुवा बन्दुक सहित १ जना मानिस पक्राउ

 

अभिलाष गुप्ता
माघ ०९ बिरगंज

Advertisement

बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर ९ स्थित हरियाली सामुदायिक वनमा जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर १ गडुवान बस्ने बर्ष ५२ को जीत बहादुर थिङले अबैध रुपमा भरुवा बन्दुक (हतियार) काँधमा बोकि हिडिरेहेका अवस्थामा फेला पारी पक्राउ गरिएको हो।

उक्त भरुवा बन्दुक थान १, फलामको बिभिन्न साईजको गोलाकार बेरिङ १३ थान, फलामको जस्तो देखिने बिभिन्न साईजको लाम्चो आकारको वस्तु ३३ थान, बारुद जस्तो देखिने पाउडर ३०५ ग्राम, ढुंगाको जस्तो देखिने वस्तु २४ थान, खुकुरी १ थान बरामद गरी निज जीत बहादुर थिङलाई नियन्त्रणमा लिई हातहतियार तथा खरखजना सम्बन्धी कसुर मुद्धामा थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जानकारी गराएको छ।

Advertisement