छिपहरमाई गा.पा द्वारा बिद्यालय पोसाक बितरण

अभिलाष गुप्ता
माघ ०९ वीरगञ्ज

श्री मंगल माध्यमिक बिधालय भिस्वा र श्री नवगवा माध्यमिक बिधालय चारगाहामा अध्यनरत छात्र,छात्रा हरुलाई पोसाक बितरण गर्नु भएको छ।कार्यक्रमका प्रमुख अतिथि रहनु भएका गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले बिधालय पोसाक स्वरुप कोट, पाईन्ट, सर्ट बाट छात्र,छात्रा हरुलाई सम्मान स्वरुप बितरण गर्नु भएको थियो। छात्र,छात्रा हरुलाई सम्मान स्वरुप पोसाक बितरण गर्दै अध्यक्ष गुप्ताले भने अब तपाई हरुको बिधार्थी कार्यकाल स्थानियतहमा फर्केर आउदैन  अब तपाई हरुको दुखम्य शुखम्य जिवनको रुपमा हुन्छ। कति जनाले उच्च शिक्षा लिन जान्छ र कति जनाले अाफ्नो पोषण तर्फ लागछ। त्यसैले कक्षा ११ र १२ का छात्र,छात्राहरु गाउँपालिका बाट सम्मान स्वरुप पोसाक बितरण गरिएको बताए ।  १२ कक्षाका अध्यनरत  छात्र,छात्रा हरुलाई बितरण गरिएको थियो भने ११ र १२ कक्षाका २ सय छात्र,छात्राहरुलाई बितरण गर्ने शिक्षक मनोज पटेलले जनाएका छन। श्री मंगल माबी भिस्वामा वडा अध्यक्ष मौजिलाल साहको अध्यक्षतामा भएको  थियो भने श्री नवगवा माबी चरगहामा बिधालय ब्यवस्थापन समिति अध्यक्ष पहलाद गुप्ताको अध्यक्षतामा पोसाक बितरण भएको थियो।कार्यक्रममा वडाअधयक्ष महेन्द्र साह कालवार, शिक्षा प्रमुख सत्रुधन यादव, कार्यापालिका  सदस्य बलिस्टर साह,भिस्वा माबी का प्रअ दिनेश पटेल, नवगावा मा.बी. का प्रअ गगनदेव यादव, प्रअ प्रभु गिरी,सुरेश साह, शिक्षक मनोज पटेल,  शिक्षक ,जनप्रतिनिधि ,पत्रकार,सुरक्षाकर्मी ,लगायत अबिभावक,बिधार्थी समेतको सहभागिता रहेको थियोे ।

Advertisement