जनमत पार्टी का यूवा नेता बृजेश्वर प्रसाद चौघरी द्वारा मदारसाका बालबालिका लाई सुइटर प्रदान

 

अभिलाष गुप्ता
माघ १० बिरगंज

Advertisement

जनमत पार्टी का यूवा नेता बृजेश्वर प्रसाद चौघरी द्वारा मदर्शामा सुइटर सहयोग गरेका छन।
पर्सा जिल्लाका जगरनाथपुर गाउँपालिका वडा नम्बर १ स्थित पाणेपुर गाउँमा रहेको मदर्शामा एक कार्यक्रम बिच सुइटर प्रदान गरिएको छ। इस्मालिया दारुल उलुम नामक मदर्शामा अघ्यनरत विघार्थीहरु मघ्ये बाट अति गरिब एवं आवश्यकता देखिएका ३० बाल बालिकाहरु लाइ जनमत पार्टी का यूवा नेता बृजेश्वर प्रसाद चौघरीले आज ३० थान सुइटर उपलब्घ गराउनु भएको छ।

उक्त कार्यक्रममा शुभावती देवी,मदर्शाका शिक्षक मौलाना हरसुदिन राउत गदी,सामाजसेवी शहरुम राउत गदी,पुर्व गाउँ बिकास समितीका अघ्यक्ष मोहिलाल राउत गदी,चन्दन राम,अभिभावकबर्ग,शिक्षक एवं विद्यार्थी लगायतकाहरुको
उल्लेखनीय उपस्थिति रहेको थियो।

Advertisement

यूवा नेता बृजेश्वर प्रसाद चौघरीका अनुसार बढदै गरेको चिसोको कारण विद्यार्थीहरुको लागि केही हद सम्म चिसोले बचाउछ भनी सहयोग गरेको अगामी दिनमा पनि म संग जे जति सहयोग हुन्छ गर्ने छु भनी प्रतिबद्धता जनाएका थिए।

Advertisement