गौतम स्कुलले आफ्नो ४८ औँ वार्षिकोत्सवको अवसरमा अन्तर विद्यालय बाल फुटबल प्रतियोगिता सुरु

 

अभिलाष गुप्ता
माघ १० बिरगंज

Advertisement

बिरगंजमा पहिलो पटक अन्तर विद्यालय बाल फुटबल प्रतियोगिता सुरु भएको छ । वीरगञ्जस्थित गौतम स्कुलले आफ्नो ४८ औँ वार्षिकोत्सवको अवसरमा जिल्ला प्रहरी कार्यालय पर्साको खेलमैदानमा आजदेखि अन्तर विद्यालय बाल फुटबल प्रतियोगिता सुरु भएको हो ।

गौतम माध्यमिक विद्यालयका सह-प्रधानाध्यापक परीक्षा पिया लामाको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख, प्रहरी उपरीक्षक एसपी कुमोद ढुङ्गेलले गरेका थिए । उनले दीप प्रज्वलनका साथै पेनाल्टी सुट आउट गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए ।

Advertisement

प्रतियोगिताको उद्घाटन कार्यक्रममा गौतम स्कुलका प्रबन्ध निर्देशक सोनाम लामा, पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंह, युवा नेता सुधिर पटेल, मानव सेवा आश्रमका केन्द्रीय सदस्य देवेश गुप्ता, अलाईड यूथ सोसाइटीका अध्यक्ष ओम झालगायतको उपस्थिति रहेको थियो ।प्रतियोगितामा निजी स्कुलका १५ वटा विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका छन।

आयोजक गौतम स्कुलसँगै मिनील्यान्ड सेकेन्डरी स्कुल, न्यु वेभ एकेडेमी, माउन्ट मकालु स्कुल, ओम नेशनल एकेडेमी, लिटिल फ्ल्वार स्कुल, ज्ञानदा एकेडेमी, मनोकामना सेकेन्डरी स्कुल, सन साइन सेकेन्डरी स्कुल, मालिनी सेकेन्डरी स्कुल, सन लाइट स्कुल, ज्ञान ज्योति स्कुल, जीवन ज्योति स्कुल, लिटिल एन्जल स्कुल र एसआर ग्यालेक्सी स्कुलले प्रतियोगितामा सहभागिता जनाएका छन् ।

Advertisement

गौतम स्कुलका व्यवस्थापक तथा कार्यक्रम संयोजक सौराज प्रधानकाअनुसार आज पहिलो दिन मिनिल्यान्ड सेकेन्डरी स्कुल र न्यु वैभ एकेडेमीबिच उद्घाटन खेल भएको छ ।

खेल अवधिभर उत्कृष्ट खेलाडी, बेस्ट फरवार्ड, बेस्ट डिफेन्डर, अनुशासन टोली, उत्कृष्ट फिल्ड तथा अन्य विधाहरूमा पुरस्कार, शिल्ड र प्रमाणपत्र प्रदान गरिने प्रधानले जानकारी दिए । उनकाअनुसार उत्कृष्ट प्रदर्शन गर्ने रेफरी र कोचलाई पनि सम्मान गरिने छ ।

No popular posts found.