अभिलाष गुप्ता
माघ ११ बिरगंज
Advertisement
जनमत पार्टीका युवाहरुले वीरगन्जका विभिन्न चाेकमा दाउरा बालेर सर्वसाधारणका लागि आगाे ताप्ने व्यवस्था मिलाएका छन्।जनमत पार्टी निकट युवा जनमत संघका नेताकार्यकर्ताले दाउराकाे जाेहाे गरेर वीरगन्जको पावर हाउस चाेक,घण्टाघर चाेक,नयाँ बसपार्क चाेक,माइस्थान चाेक,महावीर स्थान,नारायणी अस्पताल,ईनर्वा लगायतका स्थानमा आगाे ताप्ने व्यवस्था मिलाएका हुन्।
Advertisement
राजनीतिमा लागेका युवाहरुलाई समाजसंग जाेड्दै समाजमा रचनात्मक र सृजनात्मक गतिविधिमा उत्प्रेरित गर्ने जनमत पार्टीको अभियान अन्तरगत जनमत युवा संघका युवाहरुले अहिलेकाे चिसाे माैसममा सर्वसाधारणलाई राहत दिन ठाँउ ठाँउमा आगाे ताप्ने व्यवस्था मिलाएकाे जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले बताए ।
युवा जनमत वीरगन्ज महानगर संयोजक संजय सिह,कोषाध्यक्ष सिकेन्द्र राम,सचीव लोकेश कर्ण,साजन सिह लगायतको युवाहरूको सक्रियतामा आगो बालिएको हो।




















प्रतिक्रिया