बिरगंज उद्योग वाणिज्य संघ द्वारा रक्सौलको विमानस्थल एवं रेल्वे क्रसिङ्ग आकाशे पुल निर्माण गर्न आग्रह

 

अभिलाष गुप्ता
माघ ११ बिरगंज

Advertisement

बिरगंज उद्योग वाणिज्य संघका पदाधिकारीहरुले रक्सौलका अनुमण्डल पदाधिकारी तथा डिएसपीसँग भेट गरेका छन ।
भेटघाटका क्रममा संघका अध्यक्ष अनिलकुमार अग्रवालले रक्सौलको विमानस्थल यथाशीघ्र सञ्चालनमा ल्याउन, रेल्वे क्रसिङ्गमा आकाशे पुलको अभावमा दुवै देशका जनताहरुले घण्टौं जाममा परी कष्ट भोग्नु परिरहेकोले यथाशीघ्र आकाशे पुलको निर्माण गर्न र नेपाल–भारत बीचको खुला सिमानाका कारण गलत गतिविधि भइरहेकोले सोलाई नियन्त्रण गर्न आग्रह गरे ।

उनले नेपाल र भारत दुवै देशलाई आर्थिक, सामाजिक र सांस्कृतिक फाइदा पु-याउने विश्वास व्यक्त गरे ।
अनुमण्डल उप–जिल्ला अधिकारी शिवाक्षी दिक्षीतले रक्सौलमा एयरपोर्ट निर्माणको लागि आफुले पहल गरिरहेको बताइन् । एयरपोर्ट निर्माणको लागि स्थलगत निरीक्षण भई सकेको र निर्माण कार्य पनि चाँडै शुरु हुने उनले जानकारी गराइन् ।

Advertisement

भेटघाटमा सङ्घका उपाध्यक्ष माधव राजपाल, सचिव प्रेमचन्द्र गोयल, सहसचिव नरेश टिबडेवाल, स्थानीय समाजसेवी महेश अग्रवाल, पत्रकार प्रणय कुमार लगायतको सहभागिता रहेको
थियो ।

Advertisement