अभिलाष गुप्ता
Advertisement
पर्सा को पोखरिया नगरपालिकामा आज नगर विकास समिति ले विभिन्न निर्णय गरेको छ । नगर विकास समिती ले नगर विकासको सम्बन्ध मा विशेष बैठक तथा छलफल गरि विभिन्न गरेको छ ।
Advertisement
आजको बैठक तथा छलफलमा रेखांकन तथा प्लट निर्माणको प्रास्ताविक खाका ( नक्शा) सम्बन्धमा, किता काट गर्न पोखरिया नगरपालिका वडा नम्बर १ मा रहेको सिट नम्बर ११३_ ०१०१ किता नम्बर ३०९ भित्र परेका साबिक नापीका किताहरु व्यक्ति विशेषको नाममा रहेको जग्गाहरुको अधिग्रहणको गर्ने प्रस्तावहरुमा छलफल भएको छ।
Advertisement
पोखरिया नगरपालिकाका नगर अध्यक्ष प्रद्युम्न प्रसाद चौहानको अध्यक्षता मा भएको कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद गिरी ,नगर विकास आयोजना प्रमुख इंजीनियर सुमित कुमार यादव, जग्गा एकीकरण उपभोक्ता समिति अध्यक्ष राजू बाबु गिरी, नगर विकास समितिका सहजकर्ता हरिनारायण मिश्र, मालपोत कार्यालय पर्साका प्रतिनिधि रामरेखा प्रसाद चौरसिया,नापी कार्यालय पर्साका प्रतिनिधि रामप्रमोद राउत, जग्गा धनी तथा कार्यालयका कर्मचारी लगाएत सरोकारवालाहरुको उपस्तिथि रहेको थियो।




















प्रतिक्रिया