अभिलाष गुप्ता
माघ १२ बिरगंज
Advertisement
बीरगंज एम्स संस्थान द्वारा आयोजित विशेष सम्मान कार्यक्रममा भूमि समस्या समाधान आयोगका अध्यक्ष तबरेज अहमदलाई सम्मानित गरिएको छ। कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेकपा (एमाले) मधेश प्रदेश कमिटीका सदस्य सलाउदीन अहमद उपस्थित भएका थिए।
कार्यक्रमका दौरान आयोगका अध्यक्ष अहमदले भूमि समस्या समाधानका लागि आयोगले चालिरहेको कदमबारे चर्चा गर्दै जनताका हक र अधिकार सुनिश्चित गर्न सरकार र आयोगको कटिबद्धता रहेको बताए। उनले मधेश प्रदेशमा भूमि व्यवस्थापनका लागि ठोस पहल भइरहेको जानकारी पनि दिए।
Advertisement
प्रमुख अतिथि सलाउदीन अहमदले भूमि समस्या समाधानका प्रयासलाई तिब्रता दिन आयोगको भूमिकाको प्रशंसा गरे। उनले जनताको समस्या समाधानका लागि सबै तहका सरकार र सम्बद्ध निकायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए।
साथै, नेपाल रेडक्रास सोसाइटी धोबिनी उपशाखा को सभापति हुनू भाएकोमा सरोज प्रसाद पटेल लाई सम्मानीत गरिएको छ
एम्स संस्थान ले यस्तो सम्मान कार्यक्रमको आयोजना गर्दै आयोग र जनताको बीचमा विश्वास कायम गर्न सहयोग पुयाउने प्रयास गरेको बताइएको छ।




















प्रतिक्रिया