अभिलाष गुप्ता
माग्ज १३ बिरगंज
Advertisement
विरगंजभन्सार कार्यालयले ७३औँ अन्तर्राष्ट्रिय भंसार दिवसको अवसरमा विरगंज भन्सार कार्यालय आई.सी.पी. को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो। उक्त कार्यक्रममा प्रमुख अतिथिमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख गणेश अर्यालको आतिथ्यमा एवम् विशिष्ट अतिथिमा भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दिपक लामिछाने,प्रमुख भंसार अधिकृत राम प्रसाद पाठक,राजेन्द्र ढुंगाना,हृदय नारायण साह,सुनिता पौडेल लगाएतकाहरुको उपस्थिति रहेको थियो।
उक्त रक्तदान कार्यक्रममा
४ महिला सहित
४० जनाले आफ्नो अमुल्य रक्तदान गरेका छन। सो रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी बिरगंज रेश्मकोठी उपशाखाका युवा सन्योजक अभिलाष गुप्ताले जानकारी गराएका थिए।
Advertisement
सो रक्तदान कार्यक्रममा रोज तिवारी,राम प्रसाद पाठक,हृदयनारायण साह,लेखनाथ पौडेल,रोशन कुमार चौरसिया, धिरज कुमार पटेल,राजेश कुमार कुश्वाहा,शिव कुश्वाहा,पारश महतो लगायतकाले रक्तदान गरेका हुन ।
नेपाल रक्तसंचार केन्द्र वीरगंजमा दिन प्रति दिन रगतको अभाव देखिएका कारण रगतको आपुर्तीलाई मध्यनजर गर्दै एवम बीरगंज भन्सार कार्यालयले ७३औँ अन्तर्राष्ट्रिय भंसार दिवसको अवसरमा सो रक्तदान कार्यक्रमको आयोजना गरिएको हो।
Advertisement
सो रक्तदान कार्यक्रम रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डे, जितेन्द्र कुशवाहाको प्राविधिक सहयोगले सम्पन्न भएको थियोे ।




















प्रतिक्रिया