पाकिस्तानमा पोलियोका बिरामी बढे

पाकिस्तान र अफगानिस्तानमा पोलियो सङ्क्रमितको सङ्ख्या बढेको छ। यसले पोलियो रोग उन्मूलन गर्ने विश्वव्यापी प्रयासमा चुनौती खडा भएको छ।

 

Advertisement

सेप्टेम्बर ३० मा विश्व स्वास्थ्य सङ्गठनले अफगानिस्तान र पाकिस्तानमा पोलियो सङ्क्रमितका विरामीहरू बढ्दै गएको भन्दै नियन्त्रणका थप उपाय अवलम्बन गर्न चेतावनी दिएको थियो।खामा प्रेसका अनुसार कान्दाहार प्रान्तमा दुई र अफगानिस्तानको हेलमन्ड प्रान्तमा एक जनामा सङ्क्रमणको रिपोर्ट गरिएको छ।अफगानिस्तानमा तालिबान शासनद्वारा खोप प्रतिबन्धपछि पोलियो सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको रिपोर्टमा उल्लेख गरिएको छ। डब्ल्यूएचओले पाकिस्तानमा तीनवटा नयाँ पोलियो सङ्क्रमित भेटिएको पुष्टि गरेको छ भने देशभर यसको सङ्ख्या २६ पुगेको छ।विश्व स्वास्थ्य सङ्गठनका अनुसार स्नायु प्रणालीमा आक्रमण गर्ने अत्यधिक सङ्क्रामक पोलियो भाइरसका कारण पोलियो रोगको लाग्छ। यो व्यक्ति–व्यक्तिको सम्पर्क वा दूषित खाना वा पानी उपभोगबाट फैलिन्छ। यो भाइरस मल–मूत्र वा संक्रमित व्यक्तिको घाँटीबाट निस्कने थोपाबाट सर्छ।पोलियो सङ्क्रमितमा ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, थकान महसुस हुने र हातखुट्टा दुख्नेजस्ता लक्षण देखिन्छन्। पोलियो खोप लगाएर पोलियोबाट बच्न सकिन्छ भने यसले बच्चालाई जीवनभर जोगाउन सक्छ।

Advertisement