अभिलाष गुप्ता
माघ १३ बिरगंज
Advertisement
वीरगंज युवा समाज द्वारा सवारी दुर्घटना न्यूनिकरणको लागि प्रतिविम्बित स्टिकर टॉस्ने कार्यक्रम सम्पन्न भएको छ। बिरगंज स्थित तिलावेपुल केहुनियामा सम्पन्न भएको हो। उक्त कार्यक्रम को आयोजना वीरगंज युवा समाजले गरेका थिए भने
सह-आयोजक जिल्ला ट्राफिक कार्यालय, पर्सा, वड़ा प्रहरी कार्यालय विर्ता एवम् वड़ा प्रहरी कार्यालय श्रीपुरको सन्युक्त आयोजनामा भएको हो।
उक्त कार्यक्रममा वीरगंज युवा समाजका अध्यक्ष संजीव थापाको अध्यक्षतामा सम्पन्न भएको थियोे भने विशिष्ट अतिथी मा वड़ा प्रहरी कार्यालय विर्ता का प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाई, उपाध्यक्ष सानु राणा, जिल्ला ट्राफिक कार्यालय पर्सा का इंचार्ज प्रहरी निरीक्षक लोकराज भट्ट,वड़ा प्रहरी कार्यालय श्रीपुर का प्रमुख प्रहरी निरीक्षक श्याम कुमार बस्नेत, पोखरिया का प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक स्वरूप शर्मा, समाज सेवी दीलिप कार्की, युवा समाजका सदस्य बिनोद धिमाल, अस्मिता गौतम, मौषमी सुनुवार राणा, रोशन गुप्ता, मनोज गुप्ता, सुशील सिंह, राजू गुप्ता, कमलेश सर्राफ, इमरान अंसारी, शैलेन्द्र यादव, सुदेश लाखे, जगत गुप्ता, सरोज चौहान लगाएतकाहरुको उपस्थिति रहेको थियो।
Advertisement
उक्त कार्यक्रममा करीब ९०० साईकलमा प्रतिविम्बित स्टिकर टाँसनुको साथै जिल्ला ट्राफिक प्रहरी पर्सा द्वारा प्रोजेक्टर को माध्यम बाट दुर्घटना न्यूनीकरण गर्न वीडियो क्लिप हरु देखाईएको थियो ।
समाजका अध्यक्ष संजीव थापाका अनुसार समाजमा यस प्रकारका प्रत्यक्ष रुपमा फाइदा पुग्ने कार्यक्रमहरु आउदो दिनहरुमा गर्दै जाने बताएका थिए । ट्राफिक कार्यालय पर्सा का इंचार्ज प्रहरी निरीक्षक लोकराज भट्टले चालकरुलाई दुर्घटना न्यूनीकरण गर्न सचेत गराउदै परामर्श दिएका थिए ।




















प्रतिक्रिया