कांग्रेसको बैठकमा आज सांसदको प्रश्न, मन्त्रीहरूको जवाफ

 माघ १४,काठमाडौं : 

नेपाली कांग्रेसको संसदीय दलको बैठक सोमबार पनि बस्दैछ । दिउँसो १ बजे संघीय संसदको लोत्से हलमा बैठक बस्न लागेको हो। बैठकमा पार्टीबाट सरकारमा सहभागी १० मन्त्री र दुई राज्यमन्त्रीसँग सांसदले सवाल जवाफ गर्ने तालिका छ। सांसदहरूले बोलेपछि पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्री र राज्यमन्त्रीले जवाफ दिने मुख्य सचेतक श्याम घिमिरेले जानकारी दिए। त्यसपछि पार्टीका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।सभापति शेरबहादुर देउवालगायतले सम्बोधन गरेपछि बैठक सकिनेछ। यसअघि आइतबार सरकारको कामकारबाही, सरकारले ल्याएको अध्यादेश, कांग्रेस र नेकपा (एमाले) ले बनाएको संयन्त्रमा भएका काम, संविधान संशोधनका सम्बन्धमा भइरहेका प्रयासलगायत विषयमा छलफल भएको थियो ।

Advertisement