नागरिक संवादाता
माघ १४ वीरगञ्ज ।
आज वीरगञ्जको आदर्शनगर स्थित समुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनमा जिल्ला प्रहरी कार्यालय पर्सा बिरगंजका कार्यालय प्रमुख प्रहरी उपरीक्षक संग फेरी भेटौँला तथा (बिदाई)कार्यक्रम सम्पन्न भएको हो। उक्त कार्यक्रमका प्रमुखअतिथि प्रहरी उपरीक्षक कुमोध ढुंगेलको आतिथ्यमा सम्पन्न भएको छ।भने ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाशक खेतानको अध्यक्षतामा सम्पन्न भएको हो। उक्त बिदाई कार्यक्रममा सरकारी गैर सरकारी संघ संस्थाका पदाधिकारिहरु, समाजसेवी,बुद्धिजीवी, संचारकर्मीहरु,उद्योगपतिहरू,सुरक्षा निकायका पदाधिकारीहरु, जनप्रतिनिधि तथा यस सामुदायिक सेवा केन्द्रका पदाधिकारिहरु लगायतहरुको उपस्थितीमा फुल माला ,अबिर लगाई,मायाको चिनो दिई खादा लगाई फेरि भेटौँला(बिदाई) कार्यक्रम सम्पन्न भएको थियोे। उक्त कार्यक्रममा सुरेश कुमार रुङटा,दिपक लामिछाने महेश सिँह धामी मुरली जलान ग्रीनसिटी सामुदायिक सेवा केन्द्रका संजय शर्मा पत्रकार सुस्मिता यादव ,सन्तोष रञ्जितकर सुशिल कादमिया,राकेशअग्रवाल चन्द्रअग्रवाल,त्रिलोकचन्ददारुका,बसंत प्रसाद उपाध्याय प्रहरी नायव निरीक्षक रंजन घिमीरे,प्रेम राम,अजिता घिमिरे,असली यादव लगाएतकाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।



















प्रतिक्रिया