अभिलाष गुप्ता
माघ १४ वीरगञ्ज ।
नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाको आयोजनामा नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयको आर्थिक सहयोगमा सामुदायिक सन्लग्नता तथा जवाफदेहिता सम्बन्धि कार्यशाला कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम बिरगंज घन्टाघर स्थित नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाको सभाहलमा सम्पन्न भएको हो।कार्यक्रममा प्रमुख अतिथि बिरगंज शाखाका सभापति बिरेन्द्र राज कंडेलको आतिथ्यमा सम्पन्न भएको छ भने विशिष्ट अतिथिमा बिरगंज शाखाका कार्यालय प्रमुख बिरसमसेर कुर्मी,कार्य समिती सदस्य दिनानाथ रौनियार,दया शंकर सिंह,सन्चारकर्मी अभिलाष गुप्ता, लक्ष्मि राउत,सौरभ राज पाण्डे,मिना एवं विभिन्न उपशाखाका पदाधिकारीहरु,नेरेसो पर्सा जिल्ला कार्यसमितिका पदाधिकारीहरु ,कर्मचारीहरु,बिरगंज रक्त संचार केन्द्रका स्वयंसेवकहरु,आर कैटका सदस्यहरुको उल्लेखनीय उपस्थिति मा कार्यक्रम सम्पन्न भएको हो। सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयका सरिता ढुङ्गाना,सरिता लामाको विशेष उपस्थित रहेको थियो भने कार्यक्रम सहजीकरण केन्द्रिय कार्यालय बाट आएकी सरिता लामा गर्नु भएको थियोे ।















प्रतिक्रिया